- Loading...
वकिलको धर्नामा आधा वाईसीएल रहेको गृहमन्त्रीको ब्रिफिङ
- पुनहिल डट कम
- ३ साल अघि
- १७६ पटक पढिएको

गृहमन्त्री बालकृष्ण खाँडले सर्बोच्च अदालतमा धर्ना दिइरहेका वकिलहरुको आन्दोलनमा वाईसीएलको ठूलो संख्यामा घुसपैठ भएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा गृहमन्त्री खाँडले प्रधानमन्त्रीले आदेश दिए ती वाईसीएलहरु छानीछानी थुनिदिनसक्ने बताएका थिए ।
आगामी महाधिवेशनबारे तयारी पूरा गर्नका लागि भनेर बोलाइएको केन्द्रीय समितिको बैठकमा देउवा इतरसमूहका नेताहरुले न्यायपालिकाको समस्यामा नेपाली कांग्रेसले सरोकार राख्नुपर्ने र छलफल गरेर छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने तर्क गरेका थिए ।
बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले निर्धारित एजेण्डाभन्दा न्यायालयको विषयतिर बैठकलाई लैजान केही नेताहरुले प्रयास गरेपछि यो बैठक त्यसका लागि नबोलाएको भन्दै अरु विषयमा चर्चा नगर्न आदेशात्मक शैलीमा जवाफ दिएका थिए ।
उनले यो बैठक त्यसका लागि बोलाएको हैन, महाधिवेशनको तयारीका लागि हो भन्दा भन्दै पनि न्यायालयको कुरा उठाएपछि बैठककै देउवा झर्किएका थिए । उनले न्यायालयको विषय उठान नै नगर्न भनेपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले सुतुरमुर्गको जस्तो टाउको लुकाएर बस्न कांग्रेसले नहुने र समस्या समाधान गर्न अग्रसर हुनुपर्ने भन्दै देउवाको आलोचना गरेका थिए । उनले आन्दोलन चर्किरहेको कुरा उठाएका थिए ।
यी सबै कुरा सुनेर बसेका गृहमन्त्री बालकृष्ण खाँडले नेता पौडेललेसमेत वकिलहरुको आन्दोलनको कुरा गरेपछि यसबारे कडा टिप्पणी गरेका हुन् । उनले वकिलहरुको आन्दोलनबारे टिप्प्णी गर्दै भनेका थिए, ‘कालोकोटभित्र वाईसीएल पसेका छन् । त्यहाँ आधाभन्दा बढी कालोकोटमा वाईसीएल छन् । प्रधानमन्त्रीज्यूबाट आदेश भयो भने म सबैलाई समातेर को को वास्तविक वकिल हुन् को को कालोकोटको आवरणमा वाईसीएल हुन् छुट्याइदिन्छु ।’
कात्तिक २८ गते आइतवारको बैठकमा गृहमन्त्रीले आन्दोलनरत वकिलको समूहमा माओवादी लडाकू संगठन वाईसीएलको घुसपैठ भएको र वकिलहरुको संख्या न्यूय भएको सन्देश दिन सो कुरा बोलेका थिए । उनको भनाइको आशय वकिलहरुको आन्दोलन माओवादीको उक्साहटमा भएको भन्ने थियो ।
बैठक यसरी विषयान्तर भएपछि गृहमन्त्रीको मागवमोजिम आदेश दिने कुरालाई वेवास्ता गर्दै देउवाले गोजीबाट कागजको चिर्कटो झिकेर बैठकलाई तयारी समितिहरु बनाउनेतर्फ मोडेका थिए । उनको प्रस्तावअनुसार नै कांग्रेसले आगामी महाधिवेशनका लागि विभिन्न तयारी समितिहरु गठन गरेको थियो । *डिसिनेपालमा समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
