FLASH NEWS
  • Loading...

सहकारीको संस्थागत विकासलागि आधारभूत तालिम

  • पुनहिल डट कम
  • २ साल अघि
  • २७९ पटक पढिएको
सहकारीको संस्थागत विकासलागि आधारभूत तालिम

महिलाहरुले सञ्चालन गरेका सहकारीहरुको संस्थागत विकासका लागि बेनीमा दुई तिने आधारभूत तालिम सुरु भएको छ ।
समाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा प्रबन्ध र जिल्ला सहकारी संग म्याग्दीको आयोजनामा सोमबार देखी उक्त तालिम सुरु भएको हो ।

कार्यक्रममा जिल्लाका छ वटा स्थानीय तहका करिब २० सहकारीको सहभागिता रहेकाे अायाेजकले जनाएकाे छ । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले समाजलाई सक्षम बनाउन, मुलुकको अर्थ व्यवस्थालाई बढाउन, अर्थतन्त्रको दिगो विकासका लागि सहकारीहरुको मुख्य भुमिका रहेको बताए । 

कार्यक्रम जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीको अध्यक्षता र सचिव लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।