FLASH NEWS
  • Loading...

गरिमा विकास बैंकले १ अर्बको ऋणपत्र निष्कासन गर्दै, वार्षिक ८.७५ प्रतिशत ब्याज पाइने

  • पुनहिल डट कम
  • २ साल अघि
  • २३७ पटक पढिएको
गरिमा विकास बैंकले १ अर्बको ऋणपत्र निष्कासन गर्दै, वार्षिक ८.७५ प्रतिशत ब्याज पाइने

नेपाल धितोपत्र बोर्डले गरिमा विकास बैंकलाई रु. १ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले गरिमा विकास बैंकलाई ‘गरिमा डिबेन्चर २०८५’ निष्कासनको अनुमति दिएको हो। यो अनुमतिसँगै अब बैंकले रु. १ हजार अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र निष्कासन गर्नेछ। कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने ४ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ। 

यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। 

गरिमाको यो ऋणपत्र ७ वर्षे हुनेछ। यसमा लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउनेछन्।