FLASH NEWS
  • Loading...

हिमपहिरो आएपछि भागदौडमा ६ विद्यार्थी समेत ७ घाईते

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८० पटक पढिएको
हिमपहिरो आएपछि भागदौडमा ६ विद्यार्थी समेत ७ घाईते

मुस्ताङको थासाङ गाउँपालिका, २ नाउरीकोटमो सिरानमा पर्ने मानापाथी हिमालफेदीबाट हिमपहिरो झरेपछि भागदौड गर्नेक्रममा एक जना शिक्षक र ६ जना विद्यार्थी घाईते भएका छन ।
वस्तीमाथीको हिमालबाट हिमपहिरोको झरेको ठूलो आवाज आएपछि तल फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यामिक विद्यालयमा विद्यार्थीहरु भागदौड भएको थियो । भागदौडमा घाईतेलाई जोमसोम अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीका अनुसार भागदौडमा विद्यार्थी घाईते भएपनि पहिरोले वस्तीमा कुनै क्षति पुऱ्याएको खवर छैन । हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सीखोलामा सामान्य बहाव वढेको छ ।
हिमपहिरो गएको क्षेत्रमा स्थानीय भीमप्रसाद थकाली र सकेन्द्र गौचनका गरी १ सय ३० वटा चौरी रहेका थिए ।
‘हामी दुई जनाको गोठ थियो । चौरीहरु हिमपहिरोमा परे । कति बाँचे कति मरे केही अत्तोपत्तो छैन’ थासाङ गापा, २ नाउरीकोटका चोरीपालक कृषक सकेन्द्र गौचनले भने, ‘कोही चौरी त पारी पाखामा देखिन्छन । कति मरे । हिमपहिरोले हामीलाई पो बढी पीर्ने भो ।’