FLASH NEWS
  • Loading...

मुस्ताङको हिमपहिरोमा ४ सय ४६ चौरी परे

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५६ पटक पढिएको
मुस्ताङको हिमपहिरोमा ४ सय ४६ चौरी परे

मुस्ताङको थासाङ गाउँपालिका, २ नाउरीकोटमो सिरानमा पर्ने मानापाथी हिमालबाट खसेको हिमपहिरोमा चरन खर्कमा रहेका चार सय ४६ वटा चौरी परेका छन । हिमपहिरोमा परेका चौरीमध्य कति जीवित छन, कति मरे यकिन हुन सकेको छैन ।
स्थानीय चौरीपालक कृषक गौतम शेरचनका अनुसार मानापाथी हिमालको फेदीमा पर्ने पड्के, हेपिम, सरे र मुलखर्क चरन खर्कमा छोडिएका कोवाङका कृषक महेन्द्र शेरचनका ४७ वटा, गौतम शेरचनका ४७ वटा, राजेन्द्र तुलाचनका ७० वटा, स्याम तामाङका ४५ वटा, जयराम पुनका २१ वटा र रमेश मगरका ४५ वटा चौरी र नाउरीकोटका भीमप्रसाद थकालीका ६५ र सकेन्द्र गौचनका ६६ वटागरी ४ सय ४६ वटा चौरी परेका हुन ।
‘हाम्रा चौरी मानापाथी हिमालमुनीका चरन खर्कमा थिए । त्यही क्षेत्रमा हिमपहिरो खसेकोले कति मरे, कति जीवित छन, पत्तो भएको छैन । भोली (सोमबार) विहानै चौरीको खोजीमा जाने तयारीमा छौं’ कृषक गौतम शेरचनले भने, ‘वस्तीमा खास क्षति नगरेपनि वस्तीमाथीको जंगलभने हिमपहिरोको हावाहुरीले पुरै ढलाएको छ । कस्तुरी समेत वन्यजन्तुलाई धेरै असर गरेको छ ।’
हिमपहिरोले वस्तीमा कुनै क्षति नपुऱ्याएको भएपनि ल्हाङक्यु र वोक्सीखोलाको मुहानमा हिउँ थुप्रीएकोले खोला केही थुनिएको स्थानीयले बताएका छन ।
‘ल्हाङक्यु र वोक्सीखोलामा पानीको सतह घटेको छ । बगेको पानी पनि बाक्लो लेदो जस्तो छ । हिउँले थुनिएका खोलामा एक्कासी बाढी आए तल वस्तीमा पस्लाकी भन्ने त्रास छ’ थासाङ गाउँपालिका, २ नउरीकोटका सकेन्द्र गौचनले बताए ।