FLASH NEWS
  • Loading...

बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३१ पटक पढिएको
बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने

जिल्ला खेलकुद बिकास समिति म्याग्दीको आयोजना र जिल्ला एथलेटिक्स संघ म्याग्दीको सहआयोजनामा आगामी मंसिर ४ गते म्याग्दी सदरमुकाम बेनीमा सडक दौड प्रतियोगीता अायाेजना गरिएकाे जनाएकाे छ ।

मंसिर ४ गते अन्तराष्ट्रिय बाल दिवसको अवसर पारि १८ बर्ष भन्दा कम उमेरका महिला तथा पुरुष दौड प्रतियोगीता आयोजना गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।

प्रतियोगीतामा प्रथम पुरस्कार नगद रु ८ हजार मेडल र प्रमाणपत्र, द्वितीय ५ हजार मेडल र प्रमाणपत्र, तृतीय ३ हजार मेडल र प्रमाणपत्र र सान्त्वना रु १ हजार मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगीतामा सहभागी हुन चाहनेहरुले मंसिर ३ गते साँझ ५ बजे सम्म जिल्ला खेलकुद बिकास समितिको सचिवालयमा गई नाम दर्ता गर्नुपर्ने छ ।