FLASH NEWS
  • Loading...

फ्रान्स र बेल्जियम कतार विश्वकपमा छनोट

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७२ पटक पढिएको
फ्रान्स र बेल्जियम कतार विश्वकपमा छनोट

केयलिन एमबापेले गरेको ह्याट्रिकसहित चार गोलको मद्दतले शनिबार काजाकिस्तानलाई ८–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन फ्रान्स कतार विश्वकप २०२२ का लागि छनोट भएको छ ।

अन्तर्राष्ट्रिय फुटबलमा फ्रान्सका लागि सन् १९८५ यता कोही पनि खेलाडीले गरेको यो पहिलो ह्याट्रिक हो । यो जितपछि युरोपेली विश्वकप छनोटको समूह डी मा फ्रान्स शीर्ष स्थानमा रहने निश्चित भएको छ ।

विश्व नम्बर १ बेल्जियम पनि कतार विश्वकपका लागि छनोट हुने अर्को टिम बनेको छ । उसले इस्टोनियालाई ३–१ ले पराजित गरेको छ ।

फ्रान्स र बेलिजयमसँगै अहिलेसम्म ६ टिमले अबको विश्वकपका लागि छनोट भइसकेका छन् । त्यसमा छनोट हुने अन्य टिममा आयोजक कतारसँगै ब्राजिल, जर्मनी र डेनमार्क रहेका छन् ।