धर्मको जन्म र खस जाति

२७ कार्तिक २०७८, शनिबार २०:३४ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

-चन्द्रप्रकाश बानियाँ

नेपालको सबभन्दा ठूलो जाति खस एउटा त्यस्तो समुदाय हो जसले आफ्नो मौलिकता पूर्णरुपमा गुमाइसकेको छ । आफ्ना परम्पराहरु बिर्सेको छ । चालचलन र रीतिस्थिति गुमाइसकेको छ । संस्कार संस्कृति छोडिसकेको छ । धर्म पनि बिर्सिसकेको छ । विकासको नाममा भाषाको पुरानो स्वरुप गुमाइसकेको छ । मौलिक भाषा पूर्णरुपमा विस्थापित हुने दिशातिर उन्मूख छ । लामो समय युरोपको उपनिवेश बनेका दक्षिण अमेरिकी र अफ्रिकी मुलुकका अधिकांश भाषा संस्कृतिहरु मेटिएका छन् । धर्म परम्पराहरु लोप भएका छन् । नेपालका खसहरुको अवस्था पनि त्यो भन्दा भिन्न छैन । जनसून्य भूगोल देश बन्दैन । देश भनेको भूगोल मात्र होइन । त्यसअर्थमा नेपाल देशको एउटा महत्वपूर्ण तत्व खस जाति पनि हो । खस जाति आफै एउटा देश पनि हो । खस नामको देश वर्षौवर्षदेखि औपनिवेशिक शासन अन्तर्गत शासित रहँदै आएको छ । देश मुक्त भएर पनि खस जाति सांस्कृतिक उपनिवेशबाट मुक्त हुन सकेको छैन ।
पचासको दशकमा चलेको माओवादी आन्दोलनले नेपालका जनजाति, मधेसी, महिला, उपेक्षित उत्पीडित क्षेत्र र वर्गमा पहिचानको चेतना सम्प्रेषण गरेको थियो । विडम्बना नै भन्नुपर्छ त्यो आन्दोलनले नेपालको खस जातिलाई जगाउन सकेन । खस समाजमा जातिचेतना राउटे समुदायको भन्दा पनि कमजोर भैसकेको रहेछ । त्यसैले हिमाल, पहाड, तराईमा बसोबास गर्ने ससाना जातिसमुदायहरुले पहिचानको खोजी गरिरहँदा खस नामको विशाल डाइनासोर मस्त निद्रामा थियो । नयाँ संविधानले खस जातिलाई आर्यसंग जोडिदिएपछि बल्ल खस जाति अलिकता झस्केको हो । तैपनि त्यो प्रपञ्च गलत हो, त्यसले बाँकी बचेको खस जातिको अस्तित्व समाप्त पार्छ भन्ने खसहरुको संख्या निकै सानो छ । ठूलो संख्या अहिले पनि मदहोस छ । निश्चिन्त छ ।
अर्धचेतन अवस्थामा रहेको खस समाजलाई कुम्भकर्णे निद्राबाट जगाउने चेष्टा आसन्न जनगणनालाई प्रस्थानविन्दु बनाउने कोसिस खस अभियानले गर्न थालेको छ । त्यसैले सानो मधुरो आवाजमा जनगणनामा आफ्नो जाति खस लेखाउन आह्वान गर्दै आएको छ । त्यो मधुरो आवाज सबै खसहरुको कानसम्म पुगिसकेको छैन । कानमा परेर पनि वास्ता नगर्ने खसहरुको संख्या निकै ठूलो छ । गणना फारममा खस लेखाउने हिम्मत गर्लान् नगर्लान् “म खस रहेछु” भन्ने जानकारी भने धेरै खसहरुलाई भएको छ । पुरोहित वर्गबाट खस अभियानको विरोध भए पनि कैयौं ब्राह्मण विद्वानहरुले आफू खस समुदायकै सदस्य भएको स्वीकार्छन् । तिनले पनि जनगणनामा खस जातिको रुपमा आफूलाई उभ्याउने हिम्मत गर्लान् नगर्लान् ? परिणामले बताउने छ ।
सर्वप्रथम जाति र धर्मबीचको अन्तर्संम्बन्धको बारेमा अलिकता स्पष्ट हुने कोसिस गरौं । धर्म र जाति एउटै कुरा होइन । बुद्ध धर्मका प्रणेता शाक्यवंशी गौतम बुद्ध थिए । बुद्ध धर्मले एशियाभर आफ्नो प्रभाव विस्तार गरेको छ । शाक्यमुनि सिद्धार्थले स्थापित गरेको धर्मज्ञान शाक्य जातिमा सीमित छैन । विश्व जनसंख्याको ३७ प्रतिशत क्रिश्चियन धर्ममा आबद्ध छ भनिन्छ । उक्त धर्मका प्रणेता जिजस क्राइष्ट यहुदी थिए । इजरायली थिए । जाति र देशको सानो घेरा तोडेर क्रिश्चियानिटी संसारभर फैलिएको छ । त्यसैले जाति र धर्म एउटै होइन, एकै ठाउँमा एकैसाथ बस्दैनन् । धर्म परिवर्तनीय हुन्छ । जाति भनेको धेरैथोरै वंशसंग सम्बन्धित हुन्छ । त्यसैले धर्म हिन्दू हुँदैमा जाति पनि हिन्दू हुन्छ भन्ने बुझाई अज्ञानता हो । हिन्दू एउटा जातिको रुपमा विकसित भएको छैन । हिन्दू धर्म मान्ने अनेकौं जाति हुन सक्छन् । त्यसमध्येको एउटा खस हो । जातिमा खस लेखाउँदैमा हिन्दू धर्मबाट च्यूत भइन्छ भन्ने बुझाई गलत हो ।
खस जन्मजात न हिन्दू थियो न बौद्ध थियो । ती धर्महरु लिनुपूर्व पनि उसको आफ्रनै धर्म संस्कृति हुँदो हो । मानव समाजमा समयान्तरमा हजारौं धर्मको जन्म भएको छ र हजारौं धर्म मासिएका छन् । बुद्ध धर्म मान्नुपूर्व खस जातिको धर्म के थियो त भन्ने प्रश्न उठ्नु स्वभाविक हो । खस जातिको लेख्य इतिहास उति समृद्ध छैन । तर अलिकता गहिरिएर हेर्ने हो भने त्यो प्रश्नको उत्तर हामीसंगै छ । जातिले हिन्दू धर्म मानोस् वा बुद्ध, खसहरुले मष्टो पुज्न छोडेका छैनन् । मष्टो संस्कृति खस समाजमा जीवित छ । करिब ७ सय वर्षसम्म विभिन्न धर्मसंस्कृति अवलम्बन गरेपनि मष्टो मान्न छोडेको छैन । खस जातिको मौलिक धर्म संस्कृतिको यो एउटा जबर्जस्त र बलियो प्रमाण हो ।
मष्टो पूजन एउटा प्रकृति पूजनको परम्परा हो । मष्टोका नामहरु मूलतः पहाड पर्वतसँग सम्बन्धित छन् । मानव समाजले स्थापित गरेका रीतिस्थिति, परम्पराहरु संस्कारमा बदलिए । संस्कार संस्कृतिमा रुपान्तर भयो । मष्टोपूजन संस्कृति हो । अहिले संसारमा रहेका ठूला धर्म सम्प्रदायहरुको जन्मपूर्व मानव जातिका विभिन्न समूहहरुले आ आफ्नै संस्कृतिको विकास गरेका थिए । तिनैलाई प्राकृत धर्म भनिएको हो । मष्टो संस्कृति पनि प्राकृत धर्म हो । आफ्नो संस्कृति जोगाएर पनि अर्को धर्म लिने परम्परा मानव समाजमा देखिन्छ । खस जातिले गरेको त्यही हो । खोलो हिँडेको ठाउँमा चिसो रहन्छ भनेजस्तो एउटा उदाहराण हो “मष्टो मान्यता” ।
धर्म वास्तवमै के हो त भनेर बहस गर्नुभन्दा पहिले धर्मको उत्पत्ति कसरी भयो भन्ने कुरामा स्पष्ट हुँदा धर्म लिने छोड्ने वा मान्ने कुरा सहज लाग्ने छ ।
खासगरेर क्रिश्चियानिटी, इस्लाम, बुद्ध, हिन्दू जस्ता ठूला धर्महरुमा धर्मको उत्पत्ति इश्वरद्वारा भएको हो भनिएको हुन्छ । त्यो सरासर झुटो कुरा हो । मानव विकासको इतिहासको अध्ययन गर्दा अधिकतम १५÷२० हजार वर्षभन्दा उता मानवले भाषा, लिपी र समाज विकास गरेको प्रमाण फेला पर्दैन । गुफा मानवकालीन समाजकाल आधुनिक समाजभन्दा निकै लामो समय रहेको देखिन्छ । आजभन्दा ८० हजारदेखि १ लाख ३० हजार वर्षपूर्वसम्म मानिस गुफामा बस्थ्यो, ढुङ्गाको हतियार र औजारहरु प्रयोग गथ्र्यो भन्ने कुरा पुरातात्विक प्रमाणहरुले पुष्टि गरेका छन् । त्यो लामो कालखण्डमा मानिसले देवपूजन गरेको प्रमाण फेला पर्दैन । मानव विकासको निकै पछिल्लो चरणमा मात्र धर्मको विकास भएको हो ।
धर्म मानव विकासको सह उत्पादन हो । इश्वरप्रदत्त होइन । मानिसले कहिले कुन सन्दर्भमा धर्मको विकास गरेको हो त ? यो प्रश्नको उत्तर खोज्न मानव विकासका चरणहरुको गहिराइसम्म पुग्नुपर्ने हुन्छ । संक्षेपमै भए पनि त्यो इतिहासको पत्रहरु केलाउने कोसिस गरौं । मानव जातिको पशुपालन युगको घुमन्ते अभ्यास कृषियुगमा पदार्पण गरेपछि अन्त भयो । गाई भैसी., भेडा बाख्रा चराउँदै वनवन भौतारिने मानव जाति खेती गर्न जाने पछि एकै ठाउँमा बस्न वाध्य भयो । अन्नबालीले आज रोपेर भोलि नै फल दिदैनथ्यो । कमसेकम कमसेकम ३÷४ महिना कुर्नुपर्ने नै भो । जनावर वा अर्को मानव समूहबाट आफ्नो खेतीबालीको रक्षा पनि गर्नुप¥यो । त्यसैले खेती लगाएदेखि उकेर्ने बेलासम्म एकै ठाउँमा बस्नुपर्ने वाध्यताले मान्छेलाई स्थायी घरबास बनाउन उत्प्रेरित गरेको हो । बाली सुरक्षाका लागि समूह बनाएर बस्नुपर्ने भएकोले समाजको विकास भयो ।
प्रारम्भमा खेती समूहले गथ्र्यो । कृषि उत्पादन साझा हुन्थ्यो । भण्डारबाट जसलाई जति चाहिन्छ त्यति लिन्थ्यो । तेरो मेरो भन्ने संकिर्णता जन्मेको थिएन । सबै मालिक हुन्थे, सबै ज्यामी हुन्थे । समाज विकासकै क्रममा परिवार जन्म्यो । विवाह पद्धतिको विकास भयो । परिवार अलग बस्न थाल्यो । प्रत्येक परिवारको अलग अलग आवश्यकता विकसित भए । तैपनि खेतिबारीको अंशबण्डा भएको थिएन । सगोलमै खेती गरिन्थ्यो । सगोलमै उपभोग गरिन्थ्यो । सगोलमा काम गर्दा केही कामचोर समूह पनि हुन्थे । तिनले काममा ठग्थे । जब परिवार अलग बस्न थाल्यो, निजी सम्पत्तिको अवधारणा विकास भयो । आफ्नो परिवारको आवश्यकता अनुसारको उत्पादन गर्न थाल्यो । जमिन बाँडियो । अलग अलग उत्पादन गर्ने परम्परा बसेपछि कामचोरहरु मर्कामा परे । अल्छीले जान्ने दैवले जान्दैन भनिन्छ । त्यो कामचोर समूहले फेरि पनि ठगेर खाने जुक्ति निकाल्यो । समाज र सम्पत्तिको रक्षाको जिम्मेवारी आफूले लिने त्यसवापत उनहिरुको भरणपोषणको दायित्व समाजले उठाउनुपर्ने सर्त राख्यो । समाजलाई पनि शान्ति सुरक्षा र झैझगडाको मध्यस्तता गर्ने मानिसको खाँचो थियो । कामचोर समूहको सर्त समाजले स्वीका¥यो । यसरी समाजको सुरक्षावापत कुत तिर्ने व्यवस्थाको जन्म भयो । त्यसैको विकसित रुप समान्ती राज्यकालको राज्यसत्ता हो ।
समाजमा अरु पनि त्यस्ता ठग तत्वहरु थिए । त्यसमध्येका अर्को थियो पुजारी । मानिसले देवताको सिर्जना गरिसकेको थियो । रोगव्याधीलाई श्राप, पाप र कोपको परिणाम मान्ने परम्परा बसिसकेको थियो । पचासवर्ष अघिसम्म हाम्रो समाजले विफरलाई माईको प्रकोप मान्थ्यो । प्रकोपबाट बच्न माईपूजा गर्ने गरिन्थ्यो । आदिम मानव समाजले अभ्यास गर्दे आएको एउटा मान्यताको अवशेष थियो माईपूजा । पूजा त गर्नै पथ्र्यो । पूजा परम्पराको ज्ञान राख्ने मानिसले पनि मुखियाले जस्तै प्रस्ताव समाजसमक्ष राख्यो । अर्थात सबै मानिसको पूजाआजाको ठेक्का पुजारीले लिइदिएवापत उसको भरणपोषण समाजले गरिदिनुपर्ने भो । प्रारम्भमा पुजारीले वैद्य र धामीको काम पनि गथ्र्यो । पुजारीको परिवार बढदै गएपछि पेशाको विशिष्टिकरण भयो । पुजारी, वैद्य र धामी अलग अलग भए । दैवी श्राप र मानिसले जानअनजानमा आफैले गरेको पापकर्मवापत रोग लाग्छ र देवतालाई मनाउन सकियो भने निको हुन्छ भन्ने आदि मान्यता धर्मको आदिम रुप थियो ।
धर्म स्वेच्छिक विषय हो । विश्वास हुनेले मान्दा हुन्छ । विश्वास नलाग्नेले नमान्दा हुन्छ । फलानो मुलुकको मान्छेले यो धर्म मान्नुपर्छ, तिलानो मुलुकको मानिसले त्यो धर्म मान्नुपर्छ वा यो जातिले त्यो धर्म मान्नुपर्छ, त्यो जातिले यो धर्म मान्नुपर्छ भन्ने हुदैन । । तर धर्म सापेक्ष राज्यहरु आज पनि अस्तित्वमा छन् । धर्मबाट निर्देशित शासन चलाउने अभ्यास गरिदै छन् । हो, कुनै जमानामा धर्मगुरु र राज्य मिलेर शासन चलाउँथे । कुनै जमाना त यस्तो पनि थियो, राज्य नै धर्मले चलाउँथ्यो । समाज विकासको त्यही चरणको धङधङीबाट मानव जाति पूर्णरुपमा मुक्त हुन सकेको छैन । त्यसैले धर्मको डण्डा चलाएर राज्य सञ्चालन गर्ने अभ्यास जारी छ । समयले त्यो रोग एकदिन निको पारिदिने छ र मानव जाति धर्मको कहरबाट मुक्त हुनेछ ।