- Loading...
नेपाली युवाले बनाए ‘ब्याक गियर’ भएको बाइक
- पुनहिल डट कम
- ३ साल अघि
- २४९ पटक पढिएको

अर्घाखाँची: नेपालका एक युवाले ब्याक गियर भएको बाइक निर्माण गरेका छन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – १ पाणिनी चोकमा बस्ने कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाएका हुन ।
बिदाको समयलाई सदुपयोग गरी उनले कुनै तालिमविना इलेक्ट्रोनिक बाइक बनाएको दाबी गरेका छन् ।उनले निर्माण गरेको बाइक अर्घाखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । बुटबलमा सब–ओभरसियर विषय पढ्दै आएका सागरले निर्माण गरेको बाइकको एक औपचारिक कार्यक्रमको आयोजना गरी टुँडिखेलमा दौडाएका थिए ।
घर वरिपरि नै रहेका खेर जाने वस्तु तथा बजारबाट आवश्यक वस्तुको सङ्कलन गरी ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाएको सागर पोख्रेलको भनाइ छ । कसैबाट सहयोग पाएमा व्यावसायिक रूपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्न सकिने उनी बताउँछन् ।
उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, उपमेयर ठाकुरकुमार विक, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, सन्धिखर्क १ का वडाध्यक्ष युवराज बन्जाडे, १२ का वडाध्यक्ष नारायण खड्का लगायतको सहभागिता रहेको थियो ।*केिटिएमदैनिकबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
