- Loading...
१२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजर खोप दिइँदै
- पुनहिल डट कम
- ३ साल अघि
- १५९ पटक पढिएको
सरकारले कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्षमाथि उमेर समूहका व्यक्तिहरुलाई फाइजर खोप आइतबारबाट दिने भएको छ ।
खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पुर्जा लिएर तोकिएको अस्पताल जानुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले उपलब्ध गराएको १ लाख डोज खोप दिने भएको हो । खोप लगाउन काठमाडौँ उपत्यकामा ८ र उपत्यका बाहिर १६ वटा अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।
क–कसले यो खोप पाउनेछन्?
-मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका
-मृगौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका
-जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका
-फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका
-अंग प्रत्यारोपण गरेका
-उच्च रक्तचाप वा मधुमेह भइ उपचार गराइरहेका
-रोग प्रतिरोधात्मक क्षमता कम भएका अवस्थाका
-मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका *इकान्तिपुरबाट