FLASH NEWS
  • Loading...

डाक्टर विहीन बन्यो मुस्ताङ अस्पताल

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९१ पटक पढिएको
डाक्टर विहीन बन्यो मुस्ताङ अस्पताल

गण्डकी प्रदेश सरकारले म्याद थप नगरिदिएपछि करारका चिकित्सकको भरमा चलेको जोमसोम स्थित १५ शैया क्षमताको मुस्ताङ अस्पताल डाक्टर विहीन भएको छ ।
स्थायी दरवन्दीका आठौं तहका निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी सम्हालेका मेडिकल अधिकृत डा.मनोज घिमिरे गत असोजमै संघिय मन्त्रालय सरुवा भै गएपछि करारमा नियुक्त डा. ऋषव खनाल र साजन बरालले अस्पताल संहालेका थिए । खनाल र बरालको पनि गत कात्तिक १४ गतेदेखी गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले पुन:म्याद थप नगरिदिएपछि मुस्ताङ अस्पताल डाक्टर विहिन भएको हो ।
‘स्थाई दरवन्दीका डाक्टर सरुवा गरिदिने र करारका डाक्टरको म्याद थप नहुँदा मुस्ताङ अस्पताल अहिले डाक्टर विहीन अवस्थामा छ’ मुस्ताङ अस्पताल ब्यवस्थापन समितिका उपाध्यक्ष समेत रहेका घरपझोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले भनिन, ‘अस्पताल ब्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधीहरुले पटक–पटक प्रदेश सरकारलाई अस्पताललाई डाक्टर विहीन नगराउन आग्रह गऱ्यौं । प्रदेश सरकारले म्याद थप्नै मानेन ।’
चिसो मौषम, कोरोना संक्रमण फेरी बढ्दो अवस्थामा अस्पतालमा डाक्टरसमेत स्वास्थ्यकर्मी नहुँदा हिमालपारीका विरामीले उपचार सेवाबाट वन्चित भएका छन । अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएपछि घरपझोङ गाउँपालिकाबाट एक जना सिनियर एचए अर्जुन किसान, एक जना अनमीगरी दुई जनालाई मार्फा स्वास्थ्यचौकीबाट काजमा र छुट्टैस्थानीय घरपझोङ गापाबाट तलवभत्ता पाउने गरी एक जना फार्मेसिस्ट नियुक्त गरीएको छ ।
‘मुस्ताङमा मुस्ताङ्गी मात्र होईन, सडकले राष्ट्रिय संञ्जालमा जोडिएकोले दैनिक हजारौं देशविदेशका पर्यटक आउँछन । को कति वेला विरामी पर्छ, सडकमा दुर्घटनाको जोखिम पनि रहने भएकोले अस्पतालमा डाक्टर अनिवार्य आवश्यक हो’ समितिका उपाध्यक्ष रहेकी गुरुङले थपिन, ‘हिमालपारीको जिल्लामा हिउँदका सिजनमा धेरै मान्छे जाडो छल्न वेंशी झर्छन भन्ने बाहना बनाएर चिकित्सक नपठाउनु न्यायोचित होईन ।’