- Loading...
भगवान नारायण भाकल्दै प्रधानन्यायाधीश राणा
- पुनहिल डट कम
- ३ साल अघि
- २५६ पटक पढिएको

आफ्नै सहकर्मी न्यायाधीशहरु, अवकाशप्राप्त आफ्ना सिनियरहरु र सहकर्मी कानुन व्यवसायीहरु समेतबाट चौतर्फी घेराबन्दीमा परेका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा अन्ततः भगवानको शरणमा पुगेका छन्।
प्रधानन्यायाधीश राणाले आफूमाथि आइलागेको संकट निवारणका लागि भगवान नारायणको विशेष पूजा गरेका छन्। राणाले बुधबार बिहानै बुढानीलकण्ठ मन्दिर पुगेर विशेष पूजा गरेका हुन्।
सो विशेष पूजाका लागि आज विहान (काग तथा कुकुर तिहारको दिन) सात बजे प्रधानन्यायाधीश राणा बुढानिलकण्ठ पुगेका थिए। उनले त्यहाँ २ घण्टासम्म पूजा गरेका थिए। केहीबेर भित्रै संकल्प गरेपछि मन्दिरका महन्तले उनलाई नारायणस्थान मन्दिरमा ल्याई विशेष पूजा गराएका थिए।
उनी ९ बजेपछि नारायणस्थान मन्दिरबाट बाहिरिएका थिए। सिभिल ड्रेसका सुरक्षाकर्मीसहित नारायण मन्दिर पुगेका उनले गत बर्षदेखिको भाकल पूरा गर्न आएको जानकारी मन्दिरका गुरु पुजारीहरुलाई दिएका थिए।
प्रधानन्यायाधीश राणाले नारायणस्थान मन्दिरमा करिव २ घण्टासम्म पूजा गर्ने क्रममा ७ जना बटुकहरुले वेदका ऋचाको उच्चारण गरेका थिए। प्रधानन्यायाधीश राणा यो पूजाका लागि श्रीमतीसहित मन्दिरमा पुगेका थिए। उनी मन्दिर भित्र भएको भगवान नारायणको आराधनामा समेत सहभागी भएका थिए। प्रधानन्यायाधीश राणा मन्दिर परिषरमा पुग्दा सुरक्षा व्यवस्था खासै कडाइ गरिएको थिएन।
सर्वसाधारणले प्रधानन्यायाधीश राणाले विशेष पूजा गरेको समेत थाहा पाएनन्। उनीसँग केही सादा पोसाकका सुरक्षाकर्मी थिए। प्रधानन्यायाधीश राणा निजी नम्बर प्लेटको गाडीमा नारायणस्थान मन्दिर पुगेका थिए।
अझै बर्षदिनभन्दा बढी कार्यकाल बाँकी भए पनि उनलाई राज्यसत्तामा भाग खोजेको, न्यायिक शक्तिको दुरुपयोग गरेको, सेटिङ गरी अनुचित लाभ लिएर मुद्दा फैसला गर्ने गरेको तथा आफ्नै जेठान गजेन्द्र हमाललाई मन्त्री बनाई संसद पुनस्र्थापनासम्बन्धी न्यायिक फैसलालाई विवादमा पारेकोजस्ता आरोपहरु लगाई उनीबाहेकका सर्बोच्चका सबैजसो न्यायाधीशहरु बहिष्कारको आन्दोलन गरिरहेका छन्।
त्यसैगरी तिनै आरोपहरुसहित नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले पनि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। दुई दुईपटक विघटन गरिएको संसदलाई व्युँताउने कार्यको नेतृत्व गरेका प्रधानन्यायाधीश राणालाई त्यही संसदमा महाअभियोग लाग्ने त होइन? भन्ने प्रश्नसमेत उठिरहेको छ। उनलाई राजीनामा गराउन दिइएको दवाव उनले हालसम्म स्वीकार गरेका छैनन् ।
आन्दोलनरत न्यायाधीशहरुले उनलाई राजीनामा गराउन दवाव दिन वार्ता समिति नै बनाएर दिनहुँ वार्ता पनि गरिरहेका छन्। तर, कुनै निकास निस्केको छैन। एउटा न्यायाधीशको व्यवसायिक जीवनमा सहजै स्वीकार गर्न नसकिने मुद्दाको सेटिङ गर्ने गरेकोजस्तो गम्भीर आरोप लगेर आक्रान्त बनेका राणा अन्ततः आज नारायण भगवानको शरणमा पुगेका हुन्। मन्दिरमा उनले विधिअनुसारको संकटमोचन पूजा गरेका छन्। नारायणको मन्दिरमा उनले भेटी चढाएका थिए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
