FLASH NEWS
  • Loading...

पुलाचाैरका सामुहिक वलात्कारमा फरार आरोपी पक्राउ

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३१ पटक पढिएको
पुलाचाैरका सामुहिक वलात्कारमा फरार आरोपी पक्राउ

बेनी नगरपालिका–५ की २५ बर्षिया महिलालाई छोराछोरीकै अगाडी बलत्कारगरी फरार भएका आरोपीहरु १९ दिनपछि पक्राउ परेका छन ।
वलत्कार आरोपीका परिवारले कात्तिक ४ गते विहानसम्म थुनछेकगरी आर्थिक प्रलोभनमा घट्ना लुकाउने प्रयास गरेपनि पीडित लुकीछिपी भागेर प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी थिईन । पीडितका अनुसार १० बर्षिय छोरा र ६ बर्षकी छोरीको अगाडी पालैपालो बलत्कार गरेका थिए । छोरा चिच्याउन खोज्दा सिरकले मुख थुनी थिचेर राखेका थिए ।
कात्तिक २ गते राती झ्याल फोडेर पालैपालो बलत्कार गरेका स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विक पीडितले प्रहरीमा किटानी जाहेरी दिएपछि फरार भएका थिए ।
आमालाई बलत्कार भएको कुरा पीडितका १० बर्षिय छोराले प्रहरीलाई फोन गरी खवर गरेका थिए । तर प्रहरीले तत्काल वास्ता नगरी जाहेरी दिन आउन भनेर बसेको थियो । राजनैतिक संरक्षण प्राप्त आरोपीका परिवारले कात्तिक ४ गते विहानसम्म थुनछेकगरी आर्थिक प्रलोभनमा घट्ना लुकाउने प्रयास गरेपनि पीडित लुकीछिपी भागेर प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी थिईन । पीडितले जाहेरी दिएपछि मात्र प्रहरी परिचालित हुँदा पहुँचवाला आरोपीहरु फरार भैसकेका थिए ।
वलत्कार आरोपीका परिवारले कात्तिक ४ गते विहानसम्म थुनछेकगरी आर्थिक प्रलोभनमा घट्ना लुकाउने प्रयास गरेपनि पीडित लुकीछिपी भागेर प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी थिईन । वलात्कृत महिलालाई बेनी स्थित हिंसापीडित आश्रयस्थलमा राखिएकोमा माईती पक्ष आएर आफुहरुले सुरक्षा दिने भन्दै लगेका थिए ।
‘बाहिरबाट बोलाए । म बोलिन । पछि झ्यालमा तीन लात्ता हानेर फोडेर घर भित्र पसे । म रोए, कराएँ । छोराछोरी उठेर रुन थाले, उनीहरुले छोराछोरीलाई पनि कुटपीट गरे । छोराको मुखमा सिरक राखेर उठ्न दिएनन । च्यापचुप समातेर पालोपालो बलत्कार गरे’ पीडित महिलाले भनिन, ‘हल्ला गरे घरसँगै तलाई र त्यरा छोराछोरीलाई पनि जलाएर मार्छौं । भन्दै गए । विहान उस्का बा र अरु आफन्तले बेनी प्रहरी कहाँ जान रोके, थुनेर राख्ने गरे ।’