- Loading...
इराकी प्रधानमन्त्रीमाथि ड्रोन आक्रमण, ६ सुरक्षाकर्मी घाइते
- पुनहिल डट कम
- ३ साल अघि
- ३०५ पटक पढिएको

इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीको घरमा आइतबार बिहान ड्रोन आक्रमण भएको छ। यो हमलाबाट उनी थोरैले जोगिएका छन्। आज बिहान बग्दादस्थित प्रधानमन्त्री निवासलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको ड्रोन आक्रमण भएको इराकी सेनाले पुष्टि गरेको छ।
प्रधानमन्त्री कादिमीको हत्याको प्रयास भएको र यस आक्रमणमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका ६ जना घाइते भएका छन्।
बग्दादको ग्रीन जोनस्थित प्रधानमन्त्री निवासमा भएको आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। यो क्षेत्रमा धेरै सरकारी भवन र विदेशी दूतावास रहेका छन्। कादिमीको आधिकारिक ट्वीटर अकाउन्टमा प्रधानमन्त्री सकुशल रहेको जनाइएको छ। भनिएको छ -जनता आत्तिनु पर्दैन।
रोयटर्सका अनुसार दुई सरकारी अधिकारीहरूले कादिमीको घरमा कम्तीमा एउटा हमला भएको बताएका छन्। प्रधानमन्त्री निवासबाहिर सुरक्षामा खटिएका ६ जना घाइते भएका छन्।
इराककी प्रधानमन्त्रीलाई गत महिना भएको संसदीय चुनावमा धाँधली गरेको आरोप लागेको छ। शुक्रबार नै बग्दादको ग्रीन जोन क्षेत्र बाहिर शिविरमा रहेका इरानी समर्थक शिया लडाकुहरू र दंगाविरोधी प्रहरीबीच झडप भएको थियो, जुन पछि हिंसात्मक बनेको थियो।
उक्त झडमा एक प्रदर्शनकारीको मृत्यु भएको थियो। धेरै व्यक्तिहरू घाइते भएका थिए। जसमा अधिकांश इराकी सुरक्षा बलका सदस्यहरू थिए। प्रदर्शनकारीले संसदीय निर्वाचनमा पराजयलाई अस्वीकार गरेका छन्। चुनावमा इरान समर्थित लडाकुहरूले सबैभन्दा ठूलो हार बेहोरेका थिए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
