- Loading...
एमसिसी पास गर्नेबारे प्रचण्ड र मेरो हस्ताक्षरमा पत्र पठाएका छौँ : प्रधानमन्त्री देउवा
- पुनहिल डट कम
- ३ साल अघि
- १३२ पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी पारित गर्ने प्रतिवद्धता संयुक्त रुपमा अमेरिकासँग गरेको खुलेको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गराउनका लागि पत्र पठाइसकेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
बेलायतको स्कट्ल्याण्ड स्थित ग्लास्गो शहरमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ मा सहभागी भएर फर्किएका प्रधानमन्त्री देउवाले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्नका लागि पत्र पठाइएको बताएका हुन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले हस्ताक्षर गरेर पत्र पठाएको उनले बताए ।
एमसिसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग ग्लास्गो भएको भेटको क्रममा आफूले एमसिसी पास हुने जानकारी गराएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।
ल्याटोर्तुले एमसिसी कहिले पास हुन्छ भनेर सोधेको र आफूले दलहरुसँग कुराकानी भइरहेको जानकारी गराएको देउवाले बताए ।
केही अध्यादेश ल्याउनका लागि संसद अधिवेशन रोकिएकाले एमसिसी पास हुन नसकेको जवाफ दिएको पनि देउवाले बताएका छन् । ल्याटोर्तु र देउवाबीच गएको मंगलबार भेटवार्ता भएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
