FLASH NEWS
  • Loading...

काेराेना घट्याे, लकडाउन हट्याे तर म्याग्दीका चीज उद्योग खुलेनन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४१३ पटक पढिएको
काेराेना घट्याे, लकडाउन हट्याे तर म्याग्दीका चीज उद्योग खुलेनन

कोरोना कहरले बन्द भएका यहाँका चीज उद्योगहरु थला परेका चीज उधाेग ब्युँतिन सकेका छैनन । जिल्लाको अन्नपूर्ण गाउँपालिका, ५ पाउद्धार, ६ घारा र ८ राम्चेमा रहेका चीज उद्योगहरु ०७६ फागुनदेखी बन्द छन ।
कोरोना विरुद्धको खोप लगाउन सुरु भएसँगै आर्थिक क्षेत्र चलयमान हुन थालेको र पर्यटन क्षेत्र खुल्ला भएपनि बाह्य पर्यटकमा आधारित यहाँका चीज उद्योग भने तत्काल खुल्नै संभावना छैन । होटल खुल्ला भएपनि पर्यटक आएका छैनन । कोरोना कहरले यहाँका चीज उद्योग बन्द मात्र होईन फेरी खुल्न नसक्नेगरी थला परेका हुन । कृषकले चीजको कच्चा पदार्थ दुध उत्पादन गर्ने गाईहरु नै विस्थापित गरेपछि चीज उद्योग प्राय: उठ्न नसक्ने गरी बन्द भएका हुन ।

‘हिउँदको अफ सिजनमा चीजको स्टक धेरै थियो । पर्यटन सिजन सुरु भएसँगै कोरोना कहर सुरु भएपछि विक्रि ठप्प भयो । प्रतिकेजी २ सय रुपैयामा विक्रि गर्दापनि स्टक हटाउन सकिएन’ हिमालय चीज उद्योगका श्याम खड्काले भने, ‘चीज उद्योग मात्र बन्द भएन, चीज उत्पादन गर्न चाहिने गाईको दुध उत्पादक किसानले कृषकले धमाधम गाई वेचे । उद्योग फेरी नब्युतेलाकी भन्ने डर बढी छ ।’

https://www.youtube.com/watch?v=seH8S9hGygw
उद्योग तत्काल खुल्ने संभावना समेत नभएको चीज उद्योगलाई आवश्यक दुध उपलब्ध गराउँदै आएको निलगिरी गाई पालन कृषी सहकारी संस्थाले जनाएको छ । उद्योग वन्द भएपछि कृषकले उत्पादन गरेको दुध विक्रि नहुँदा कृषकले निरास भै गाई नै विक्रि गरे । उद्योग बन्द भएपछि दशौं टन चीज सडेर खेर गएको ति उद्योगले जनाएका छन ।


‘दुधको पनीर समेत विभिन्न खाद्य वस्तु उत्पादन गर्न त सकिन्छ तर नजिकै ठूला वजार छैन, चीजलाई जस्तो धेरै दिन स्टोर गरी राख्ने हामीसँग उपकरण छैन’ खयरवराही चीज उद्योगका कर्मचारी नौलबहादुर तिलिजाले भने, ‘लकडाउन खुकुलो भएसँगै होटल समेत सवै क्षेत्र खुलेपनि उपभोक्ता मानिएका पर्यटक आएका छैनन ।’
पर्यटकको रुचीमा पर्ने अन्नपूर्ण चक्रिय पदमार्गका प्रमुख गन्तब्यहरु तातोपानी, घोडेपानी, टाडापानी समेतका पर्यटकीय क्षेत्रमा पर्यटकको खानामा प्रयोग हुने प्रमुख सामाग्री चीजको माग अधिक भएपछि वरपरका वस्तीमा कृषकहरु मिलेर चीज उद्योग खुलेका थिए ।
‘स्थानिय घोरेपानी, तातोपानी समेतका पर्यटकीय क्षेत्र देखी पोखराको लेकसाईडका होटल/रेष्टुरेन्टमा हाम्रो चिजको माग थियो । कोरनाले सवै खाईदियो’ हिमालयन चीज उद्योगका कृषक लिलबहादुर खड्काले भने, ‘दुध बेचेर घरमै राम्रो आम्दानी गर्ने आसामा ८० हजारसम्म मुल्य तिरेर होलिस्टिक, न्यूजिल्याण्ड जर्सी समेतका उन्नत गाई किन्यौ । तर अहिले दुध विक्रि नभएपछि सस्तोमा वेच्यौं ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल