- Loading...
ड्रोनको सहयोगले गाँजाखेती नष्ट गर्दै प्रहरी
- पुनहिल डट कम
- ३ साल अघि
- १५६ पटक पढिएको

मकवानपुरका विभिन्न स्थानमा लगाइएको अवैध गाँजाखेती प्रहरीले ड्रोनको सहयोगबाट खोजी गरी नष्ट गर्न थालेको छ।
आइतबारदेखि तीन दिनसम्म मकवानपुरको कैलाश गाउँपालिकामा मात्रै ४५ बिघा १० कठ्ठा क्षेत्रफलको गाँजाखेती नष्ट गरेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक अविनाश खड्काको कमाण्डमा खटिएको ७२ जनाको टोलीले कैलाश गाउँपालिका वडा नम्बर ४, ७, ९ र १० मा लगाइएको गाँजाखेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मंगलबार मात्रै प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका–९ को गैरीखेत, खुमलटार, बेलटार, सागिनी, कैलाश गाउँपालिका–४ को बैठकडाँडा, तकुवा, आमडाँडा र कैलाश गाउँपालिका–१० को भालटारमा १८ बिगाहा लागूऔषध गाँजाखेती नष्ट गरेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्युरो काठमाडौं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश दंगा प्रहरी नियन्त्रण गण हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मकवानपुरमा ड्रोनको सहायतामा गाँजा खेती खोजी गर्दै फँडानी गर्ने कार्यलाई तीव्रता दिएको छ। *थाहाखवरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
