FLASH NEWS
  • Loading...

गरिमा विकास बैंकको नाफा १२७ प्रतिशतले बढ्यो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३० पटक पढिएको
गरिमा विकास बैंकको नाफा १२७ प्रतिशतले बढ्यो

गरिमा विकास बैंक लिमिटेड(GBBL)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको देखिन्छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १८ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२७.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै बैंकको खुद नाफा बढ्न टेवा पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५१.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२६.९६ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ४३.३४ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ६६ करोड ११ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ९.३८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १.२७ प्रतिशत बढेको छ भने कर्जा ८.०७ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७ पैसा छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २८.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८रुपैयाँ १४ पैसा रहेको छ। *मेराेलगानीबाट