- Loading...
सेयर बजार वृद्धिमा लाग्यो ब्रेक
- पुनहिल डट कम
- ३ साल अघि
- २६१ पटक पढिएको

निरन्तर बढिरहेको सेयर बजार साताको दाेस्राे दिन रोकिएको छ । साेमबार बजार १७.७५ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८१९ अंकमा आएर रोकिएको छ ।
यस दिन बैंकिङ होटल एन्ड टुरिज्म र लगानी समूहको सूचक बढेको छ भने व्यापार, विकास बैंक, जलविद्युत, उत्पादनमूलक, लघुवित्त, बिमा र म्युचुअल फण्ड सूचक घटेर राताम्मै भएका छन् ।
साेमबार मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । यस्तै पाँचथर पावर कम्पनी लिमिटेड र साहास ऊर्जा लिमिटेडको सेयर मूल्य ९ प्रतिशतमाथि बढेको छ ।
साेमबार लामो समयपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको १ करोड ३४ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साेमबार महालक्ष्मी विकास बैंक र आरएमडीसी लघुवित्तको सबैभन्दा बढी सेयर किनबेच भएको छ । महालक्ष्मीको प्रतिकित्ता ६९५ मा ३६ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै आरएमडीसी लघुवित्तको प्रतिकित्ता १७३० मा ३६ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आरएमडीसीको नाफा ३३३ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक भएपछि लगानीकर्ता यसमा झुम्मिएका हुन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
