FLASH NEWS
  • Loading...

सेयर बजार वृद्धिमा लाग्यो ब्रेक

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६८ पटक पढिएको
सेयर बजार वृद्धिमा लाग्यो ब्रेक

निरन्तर बढिरहेको सेयर बजार साताको दाेस्राे दिन रोकिएको छ । साेमबार बजार १७.७५ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८१९ अंकमा आएर रोकिएको छ ।

यस दिन बैंकिङ होटल एन्ड टुरिज्म र लगानी समूहको सूचक बढेको छ भने व्यापार, विकास बैंक, जलविद्युत, उत्पादनमूलक, लघुवित्त, बिमा र म्युचुअल फण्ड सूचक घटेर राताम्मै भएका छन् । 

साेमबार मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । यस्तै पाँचथर पावर कम्पनी लिमिटेड र साहास ऊर्जा लिमिटेडको सेयर मूल्य ९ प्रतिशतमाथि बढेको छ । 

साेमबार लामो समयपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको १ करोड ३४ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साेमबार महालक्ष्मी विकास बैंक र आरएमडीसी लघुवित्तको सबैभन्दा बढी सेयर किनबेच भएको छ । महालक्ष्मीको प्रतिकित्ता ६९५ मा ३६ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै आरएमडीसी लघुवित्तको प्रतिकित्ता १७३० मा ३६ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आरएमडीसीको नाफा ३३३ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक भएपछि लगानीकर्ता यसमा झुम्मिएका हुन् ।