FLASH NEWS
  • Loading...

रेशमबहादुर बानियाँको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्धवारी घोषणा

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१४ पटक पढिएको
रेशमबहादुर बानियाँको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्धवारी घोषणा

नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका रेशम बानियाँ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधीमा अल्पमतमा परेपनि केन्द्रीय सदस्यमा भने अधिकाँशले अाफुलाइ मत दिने विश्वासमा छन । पाैडेल समेत शिर्ष नेतृत्वले केन्द्रीय सदस्यमा सघाउने हरियाे संकेत दिएपछि बानियाँ  संस्थापन इतर समुहको प्यानलबाट चुनावी मैदानमा उत्रन तयारीमा छन् । 

बानियाँले जिल्लाबाट सभापति समेत २७ जना महाधिवेशन प्रतिनिधी छनाैट भएपनि जिल्लाकाे एलायन्स केन्द्रीय सदस्यमा कायम नहुने विश्वास रहेकाे बताए । उनले महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गर्ने र आफूले केन्द्रीय सदस्य जित्ने दाबीसमेत गरेका छन्। बि.स २०३६ सालमा भएको जनमत संग्रहबाट कलिलै उमेरमा राजनीतिमा होमिएका बानियाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए । 

उनले २०४७ सालमा गठन भएको कांग्रेस जिल्ला तर्दथ समितिको सहसचिव, नेविसंघ जिल्ला सभापति, केन्द्रिय सदस्य हुदै २५ बर्षको कलिलै उमेरमा सदरमुकाम बेनीबजार रहेको अर्थुङ्गे गाविसको अध्यक्षमा समेत निर्वाचित भएका थिए । पार्टीमा दुई कार्यकाल सचिब, दुई कार्यकाल उपसभापति हुदै एक कार्यकाल पार्टीको जिल्ला सभापतिको नेतृत्व समेत गरिसकेका छन् ।