FLASH NEWS
  • Loading...

म्याग्दी काँग्रेसकाे सहमति नजुटेका पदमा मतदान जारी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४१ पटक पढिएको
म्याग्दी काँग्रेसकाे सहमति नजुटेका पदमा मतदान जारी

नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा  मतदान सुरु भएको छ ।

२  जना उपसभापति, २ जना सचिव, २ जना सहसचिव र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि विहिवार दिउँसाेबाट सुरू भएकाे मतदान बेलुका ७ बजेसम्म कार्यकर्ता मतदानकालागी लामवद्ध छन ।  निर्धारित समयमा सहमति जुट्न नकेपछि आज दिउँसो ३ बजेदेखि जिल्ला समन्वय समितिको सभाहलमा मतदान सुरु भएको निर्बाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले बताउनुभयो।

दुई जना उपसभापति पदमा डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, मिनबहादुर कार्की, कणर्बहादुर भण्डारी केबी र कमल छन्त्याल विच प्रतिस्पर्धा हुने छ ।

दुई जना सचिब पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन विचमा प्रतिस्पर्धा हुने छ । त्यस्तै दुई जना सहसचिबमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्याय बिच प्रतिस्पर्धा हुनेभएको छ । सभापतिमा भने यस अघिका सभापति खम्विर गर्बजा नै सर्वसम्मत चयन हुनुभएको छ । मतदानमा जिल्ला भरका करिव ७५० क्षेत्रिय प्रतिनिधिहरु सहभागी हुने नेपाली काँगे्रेस म्याग्दीले जनाएको छ ।