FLASH NEWS
  • Loading...

माओवादी केन्द्रको बेनी नगरमा सेरबहादुर, रघुगंगामा हरि भण्डारी निर्वाचित

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८७ पटक पढिएको
माओवादी केन्द्रको बेनी नगरमा सेरबहादुर, रघुगंगामा हरि भण्डारी निर्वाचित

नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध चयन भएका छन । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेकाे हाे । 

कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिबमा किसान बिक रहेकाे माअाेवादी केन्द्रले जनाएकाे छ ।

त्यसैगरी रघुगंगा गाउँपालिकामा हरि भण्डारी सर्वसम्मत अध्यक्षतामा सर्वसम्मत रुपमा ५५ सदस्यीय कमिटी निर्वाचित भएकाे छ । कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिबमा भविन्द्र शेरपुञ्जा,सह–सचिबमा कर्ण राना रहेका छन ।