FLASH NEWS
  • Loading...

बागलुङ र म्याग्दी जोड्ने पुल शिलान्यास

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७५ पटक पढिएको
बागलुङ र म्याग्दी जोड्ने पुल शिलान्यास

बागलुङ नगरपालिका–४ कुँडुले देखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने अग्लाे पुलको आईतबार प्रतिनिधी सभा सदस्य भुपेन्द्र बहादुर थापाले शिलान्यास गरे ।

३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयलाई सहज यात्राको अवसर मिल्नेछ । पुलको शिलान्यास गर्दै थापाले पुलले दुबै जिल्लामा उत्पालित कृषि वस्तुको बजारीकरणका लागि पनि सहयोग पुग्ने बताए । पुल निर्माणमा बजेट व्यवस्थापनका लागि सांसद थापाले पहल गरेका थिए ।

बेनी नगरपालिका–१ का अध्यक्ष टेक बहादुर रावलले पुल निर्माण गनर् ३ करोड ५० लाख लागत रहेकाे बताए ।  पुल निर्माण गर्नका लागि बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपती सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् ।