FLASH NEWS
  • Loading...

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा पुनः खत्री

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४० पटक पढिएको
प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा पुनः खत्री

प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट पुनः कमल खत्री चयन भएका छन ।

१७ सदस्यीय जिल्ला कमिटिकाे उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन भएका छन । सम्मेलनकाे शिक्षाा मन्त्री देवेन्द्र पाैडेलले उद्घाटन गरेका थिए ।

त्यसैगरी सम्मेलनमा  प्रेस सेन्टर म्याग्दीले स्थापना गरेको ‘कृष्ण सेन-मदन स्मृति’ पत्रकारिता पुरस्कार यस वर्ष धिरन खत्रीलाई प्रदान गरेकाे छ । सेन्टरले बि.स. २०७१ मा दिवंगत पत्रकार कृष्ण सेन इच्छुक र म्याग्दीका सहिद मदन केसीको स्मृतिमा रु. एक लाखको कोष स्थापना गरेको थियो । प्रत्येक दुई दुई बर्षमा प्रदान गरिने पुरस्कार यसअघि कमल खत्री, ठाकुरप्रसाद आचार्य र घनश्याम खड्काले प्राप्त गरिसक्नुभएको छ ।