FLASH NEWS
  • Loading...

प्रहरीले गऱ्यो सामुहिक वलात्कारका आरोपीलाई सार्वजनिक

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५२ पटक पढिएको
प्रहरीले गऱ्यो सामुहिक वलात्कारका आरोपीलाई सार्वजनिक

बेनी नगरपालिका–५ की २५ बर्षिया महिलालाई छोराछोरीकै अगाडी बलत्कारगरी फरार भएका आरोपीहरु १९ दिनपछि पक्राउगरी प्रहरीले सार्वजनिक गरेको छ ।
कात्तिक २ गते राती झ्याल फोडेर पालैपालो बलत्कार गरेको आरोपी स्थानीय हिटमेन बानियाँ (२४), प्रवेश विक (१८) र प्रकाश विक (२२) पीडितले प्रहरीमा किटानी जाहेरी दिएपछि फरार भएका थिए । फरारमध्य प्रकाश विकलाई वुटवलबाट र प्रवेश तथा हिटमेनलाई पोखराबाट पक्राउ गरी सोमबार जिल्ला अदालतबाट थप अनुसन्धानकालागी ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख श्यामकुमार राईलले बताए ।
फरार आरोपी सार्वजनिक गर्न प्रहरीले बोलाएको पत्रकार सम्मेलनमा उभ्याईएका आरोपीहरुले संचारकर्मीलाई चेतावनी दिने शैलीमा ‘घट्ना प्रमाणित नभएकोले दोषी देखिने गरी समाचार नलेख्न’ बताएका थिए । वुटवलमा बसाेबास गर्ने एकै घरका विक दाजुभाइ मध्य एक जनाले सुनपसलमा काम गर्छन भने अर्काले १२ कक्षा अध्ययनरत हुन । बानियाँभने वेराेजगार रहेकाे बताइएकाे िथयाे । विक दाजुभाइ दशैं मनाउन पुख्याैली थलाे अाएका थिए ।
वलत्कार आरोपीका परिवारले कात्तिक ४ गते विहानसम्म थुनछेकगरी आर्थिक प्रलोभनमा घट्ना लुकाउने प्रयास गरेपनि पीडित लुकीछिपी भागेर प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी थिईन । पीडितका अनुसार १० बर्षिय छोरा र ६ बर्षकी छोरीकै अगाडी पालैपालो बलत्कार गरेका थिए ।
‘एउटा जघन्य अपराधका आरोपी लामो समयसम्म फरार रहँदा प्रहरीलाई चुनौति थपिएको थियो । हामी विभिन्न श्रोत पहिल्याउँदै आरोपीलाई पक्राउ गरी कानुनी प्रकृया सुरु गरेका छौं’ प्रतिपक्ष एमाले आवद्ध महिला संघ र दलितसमुदाय प्रति लक्षित असन्तुष्ट प्रनाउ राईले भने, ‘जिल्लामा ७ बर्षकी बालिकादेखी धेरै जघन्य हिंसाका घट्नामा कुनै निकाय पनि नवोलेपनि यस घट्नामा नाराजुलुस र वक्क्तब्यवाजी गरी राजनितीकरण गरियो ।’
आमालाई बलत्कार भएको कुरा पीडितका १० बर्षिय छोराले प्रहरीलाई फोन गरी खवर गरेका थिए । तर प्रहरीले तत्काल वास्ता नगरी जाहेरी दिन आउन भनेर बसेको थियो । राजनैतिक संरक्षण प्राप्त आरोपीका परिवारले कात्तिक ४ गते विहानसम्म थुनछेकगरी आर्थिक प्रलोभनमा घट्ना लुकाउने प्रयास गरेपनि पीडित लुकीछिपी भागेर प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी थिईन । पीडितले जाहेरी दिएपछि मात्र प्रहरी परिचालित हुँदा पहुँचवाला आरोपीहरु फरार भैसकेका थिए ।
वलत्कार आरोपीका परिवारले कात्तिक ४ गते विहानसम्म थुनछेकगरी आर्थिक प्रलोभनमा घट्ना लुकाउने प्रयास गरेपनि पीडित लुकीछिपी भागेर प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी थिईन । वलात्कृत महिलालाई बेनी स्थित हिंसापीडित आश्रयस्थलमा राखिएकोमा माईती पक्ष आएर आफुहरुले सुरक्षा दिने भन्दै लगेका थिए ।
‘बाहिरबाट बोलाए । म बोलिन । पछि झ्यालमा तीन लात्ता हानेर फोडेर घर भित्र पसे । म रोए, कराएँ । छोराछोरी उठेर रुन थाले, उनीहरुले छोराछोरीलाई पनि कुटपीट गरे । छोराको मुखमा सिरक राखेर उठ्न दिएनन । च्यापचुप समातेर पालोपालो बलत्कार गरे’ पीडित महिलाले भनिन, ‘हल्ला गरे घरसँगै तलाई र त्यरा छोराछोरीलाई पनि जलाएर मार्छौं । भन्दै गए । विहान उस्का बा र अरु आफन्तले बेनी प्रहरी कहाँ जान रोके, थुनेर राख्ने गरे ।’
अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ को उपदफा (३) (ङ) अनुसार १८ बर्षमाथीका महिला भए ७ देखी १० बर्ष र सामुहिक रुपमा जर्वजस्ती भए थप ५ बर्ष कैद सँजाय हुने ब्यवस्था छ ।