- Loading...
छोराछोरीकै अघि ‘सामूहिक बलात्कार’, कहिले पक्राउ पर्लान फरार अाराेपी ?
- पुनहिल डट कम
- ३ साल अघि
- २७० पटक पढिएको

बेनी–५ की २५ वर्षीया महिलाले छोराछोरीसहित घरमै सुतिरहेका बेला आफू बलात्कृत भएको बताएकी छन् ।
कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको ती महिलाको भनाइ छ । आरोपित तीनै युवक फरार छन् । घट्नामा संलग्न फरार अाराेपी लामाे समय पक्राउ नपर्दा र अाराेपीका परिवारका सदस्यकाे राजनैतिक संलग्नतालाइ लिएर पीडितपक्ष शसंिकत भएकाे छ । घट्नाकाे दाेषी समयमा पक्राउ पर्न नसक्दा शंकाकाे लाभ पीडित पक्षले पाउँदा प्रहरीलाइ चुनाैति थपिएकाे छ ।
पीडित महिलाका अनुसार राति मदिरा सेवन गरेका स्थानीय तीन जनाले ढोका ढकढक्याउँदै बोलाए । उनले ढोका खोलिनन् । एक्कासि झ्याल फोडेर भित्र पसे । बलत्कार गर्नेहरू एक जना बानियाँ थरका र दुइ जना विक थरका छिमेकी हुन । पीडितले किटानी जाहेरी दिएकी भएपनि प्रहरीले अाराेपितकाे नाम सार्वजनिक गर्न मानेन ।
मदिराले लट्ठ ती युवकले छोराछोरीलाई कुटपिट गरे । ‘छोराको मुखमा सिरक राखेर उठ्न दिएनन्,’ उनले सुनाइन्, ‘मलाई अँठ्याएर पालैपालो बलात्कार गरे । होहल्ला गरे घरसँगै सबैलाई जलाएर मार्ने धम्की दिए ।’ पीडितकाे बयान विभिन्र युट्युवमा सार्वजनिक भएका छन ।
घटनालगत्तै प्रहरीलाई खबर गरे पनि नआएको उनको भनाइ छ । बलात्कारमा संलग्न प्रवेश र प्रकाश दसैं मान्न सहरबाट गाउँ फर्किएका थिए । पीडित महिलाका श्रीमान् विदेशमा छन् । घटना सार्वजनिक भएपछि आरोपित बानियाँका बुबासहित अन्यले १ लाख रुपैयाँ दिएर घटना गुपचुप राख्न दबाब दिएको पीडित महिलाले बताइन् । विभिन्न प्रलोभन, डर, धाक, धम्की दिइए पनि पर्सिपल्ट कात्तिक ४ मा ती महिलाले जिल्ला प्रहरी कार्यालय पुगेर ३ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि मात्रै प्रहरी घटनास्थल पुगेको थियो । त्यतिबेलासम्म घटनामा संलग्न तीन जना नै मोबाइल बन्द गरेर फरार भइसकेका थिए ।
जाहेरी परेको एक साताभन्दा बढी भइसक्दासमेत प्रहरीले आरोपितको खोजीमा चासो नदिएको पीडित महिलाको आरोप छ । ‘सयौं दबाब र प्रलोभन झेल्दै किटानी जाहेरी दिएकी हुँ,’ पीडित महिलाले भनिन्, ‘अहिले पनि बयान फेर्न दबाब आइरहेको छ ।’ गाउँ फर्केर जान सक्ने अवस्था नरहेकाले उनलाई बेनीस्थित हिंसापीडित आश्रममा राखिएको छ । जिल्ला प्रहरी प्रमुख श्यामकुमार राईले फरार आरोपितको खोजी भइरहेको बताए । ‘पीडित पक्षलाई दबाब आइरहेको भन्ने सुनेका छौं,’ उनले भने, ‘बलात्कारजस्तो अपराधमा संलग्नलाई उम्कन दिन्नौं ।’ फाेटाे ः सुर्याेदय न्युजकाे युट्युव भिडियाे स्नीपिङ गरिएकाे हाे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
