FLASH NEWS
  • Loading...

छोराछोरीकै अघि ‘सामूहिक बलात्कार’, कहिले पक्राउ पर्लान फरार अाराेपी ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४८ पटक पढिएको
छोराछोरीकै अघि ‘सामूहिक बलात्कार’, कहिले पक्राउ पर्लान फरार अाराेपी ?

बेनी–५ की २५ वर्षीया महिलाले छोराछोरीसहित घरमै सुतिरहेका बेला आफू बलात्कृत भएको बताएकी छन् ।

कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको ती महिलाको भनाइ छ । आरोपित तीनै युवक फरार छन् । घट्नामा संलग्न फरार अाराेपी लामाे समय पक्राउ नपर्दा र अाराेपीका परिवारका सदस्यकाे राजनैतिक संलग्नतालाइ लिएर पीडितपक्ष शसंिकत भएकाे छ । घट्नाकाे दाेषी समयमा पक्राउ पर्न नसक्दा शंकाकाे लाभ पीडित पक्षले पाउँदा प्रहरीलाइ चुनाैति थपिएकाे छ ।

पीडित महिलाका अनुसार राति मदिरा सेवन गरेका स्थानीय  तीन जनाले ढोका ढकढक्याउँदै बोलाए । उनले ढोका खोलिनन् । एक्कासि झ्याल फोडेर भित्र पसे । बलत्कार गर्नेहरू एक जना बानियाँ थरका र दुइ जना विक थरका छिमेकी हुन । पीडितले किटानी जाहेरी दिएकी भएपनि प्रहरीले अाराेपितकाे नाम सार्वजनिक गर्न मानेन ।

मदिराले लट्ठ ती युवकले छोराछोरीलाई कुटपिट गरे । ‘छोराको मुखमा सिरक राखेर उठ्न दिएनन्,’ उनले सुनाइन्, ‘मलाई अँठ्याएर पालैपालो बलात्कार गरे । होहल्ला गरे घरसँगै सबैलाई जलाएर मार्ने धम्की दिए ।’  पीडितकाे बयान विभिन्र युट्युवमा सार्वजनिक भएका छन ।

घटनालगत्तै प्रहरीलाई खबर गरे पनि नआएको उनको भनाइ छ । बलात्कारमा संलग्न प्रवेश र प्रकाश दसैं मान्न सहरबाट गाउँ फर्किएका थिए । पीडित महिलाका श्रीमान् विदेशमा छन् । घटना सार्वजनिक भएपछि आरोपित बानियाँका बुबासहित अन्यले १ लाख रुपैयाँ दिएर घटना गुपचुप राख्न दबाब दिएको पीडित महिलाले बताइन् । विभिन्न प्रलोभन, डर, धाक, धम्की दिइए पनि पर्सिपल्ट कात्तिक ४ मा ती महिलाले जिल्ला प्रहरी कार्यालय पुगेर ३ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि मात्रै प्रहरी घटनास्थल पुगेको थियो । त्यतिबेलासम्म घटनामा संलग्न तीन जना नै मोबाइल बन्द गरेर फरार भइसकेका थिए । 

जाहेरी परेको एक साताभन्दा बढी भइसक्दासमेत प्रहरीले आरोपितको खोजीमा चासो नदिएको पीडित महिलाको आरोप छ । ‘सयौं दबाब र प्रलोभन झेल्दै किटानी जाहेरी दिएकी हुँ,’ पीडित महिलाले भनिन्, ‘अहिले पनि बयान फेर्न दबाब आइरहेको छ ।’ गाउँ फर्केर जान सक्ने अवस्था नरहेकाले उनलाई बेनीस्थित हिंसापीडित आश्रममा राखिएको छ । जिल्ला प्रहरी प्रमुख श्यामकुमार राईले फरार आरोपितको खोजी भइरहेको बताए । ‘पीडित पक्षलाई दबाब आइरहेको भन्ने सुनेका छौं,’ उनले भने, ‘बलात्कारजस्तो अपराधमा संलग्नलाई उम्कन दिन्नौं ।’ फाेटाे ः सुर्याेदय न्युजकाे युट्युव भिडियाे स्नीपिङ गरिएकाे हाे ।