- Loading...
रोशनी शाहीले महरापछि भतिजीमाथि हालिन् मुद्दा
- पुनहिल डट कम
- ३ साल अघि
- १२९ पटक पढिएको

पूर्वसभामुख कृष्णबहादुर महरासँग जोडिएको समाचारपछि बेलाबखत चर्चामा आइरहने रोशनी शाहीले जिल्ला अदालत काठमाडौंमा आफ्नै भतिजीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएकी छन् ।
रोशनीले आफ्नै जेठाजुकी छोरीलाई कानुनी अत्तो थापेकी हुन् । महराको मुद्दा टुंग्याएको काठमाडौं जिल्ला अदालतमै सामाजिक सञ्जालको गालीगलौजलाई टेकेर भतिजी अर्पना दाहालविरुद्ध फिराद हालिएको हो ।
अर्पनाले ज्यान मार्ने धम्कीसमेत दिएको दाबीसहित उनलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । शाहीले दाहालविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को दफा २०६,उपदफा २ (क) र ३०७ को उपदफा २ बमोजिम कारबाहीको माग गरेकी हुन् ।
उक्त दफामा बेइज्जती गर्दाको सजायँ यस्तो तोकिएको छः
(१) कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनेछ । तर, विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायँमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँँसम्म जरिवाना हुनेछ ।
(२) कसैले कसैलाई बेइज्जती गरे वा गराएकोे ठहरिएमा बेइज्जती गरिएको व्यक्तिलाई कसुरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरेको भएमा त्यस्तो कुरासमेतलाई विचार गरी कसुरदारबाट मनासिब क्षतिपूर्ति र मुद्दामा लागेको खर्चसमेत भराउनु पर्नेछ । असार २३ गते दर्ता फिरादपत्रमा ओखलढुंगा घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ बस्ने ४० वर्षका कृष्ण खत्रीलाई साक्षी राखिएको छ ।
के हो विवाद ? किन गइन् रोशनी जिल्ला अदालत ?
यस विषयमा सोध्दा दाहालले सुर्खेतस्थित जग्गाको मुआब्जा वितरणबाट विवाद शुरु भएको बताइन् । यही विवाद लम्बिँदै जाँदा सामाजिक सञ्जालमा रोशनीले आफ्नो परिवारलाई हत्याको आरोप लगाउँदै लेखेको र त्यसैमा कमेन्ट गर्दा मुद्दा झेल्नुपरेको उनले बताइन् । अर्पनाका अनुसार हाल रोशनीले उक्त स्ट्याटस सामाजिक सञ्जालबाट हटाएकी छन् । तर, त्यसैको स्क्रिनसटका आधारमा मुद्दा दर्ता गरेकी हुन् । मुद्दा दर्ताअघि उनीहरूको खटपट घरभित्रै सल्टन पनि खोजेको थियो ।
तर, रोशनीको दाउपेचका कारण उक्त विषय अदालत पुगेको दाहालको बुझाइ छ । गत सोमबार बेलुका रोशनीले अर्पनालाई घरमा बोलाएर विवाद मिलाउन खोजेकी थिइन् । घरको झगडा बाहिर नलैजाने भन्दै रोशनी र उनका पति चित्रजंगले २८ लाख रूपैयाँ मागेपछि विवादले फेरि नयाँ मोड लिएको बताइन्छ । स्रोतले रोशनी र सम्बन्धविच्छेद भएका भनिएका उनका पतिले पैसाको निम्ति नाटक मञ्चन गरेको आरोप लगाएको छ ।
तर, दाहालले भने उनीहरूको सम्बन्धविच्छेद नभएको बताइन् । रोशनीका पति स्वास्थ्य मन्त्रालयका जागिरे हुन् । उनले भूमिगतकालमा नेताहरूलाई चिनेका कारण बेलाबखत उनीहरूलाई समेत सामाजिक सञ्जालमा तथानाम गाली गर्ने गरेको समेत बताइन्छ ।
सामाजिक सञ्जालमा सधैँ विवादित रोशनी
पूर्वसभामुख महरासँग जोडिएको घटनापछि चर्चा आएकी उनी आफूलाई मन नपरेका व्यक्तिमाथि तथानाम गालिगलौज गर्दै सामाजिक सञ्जाल रंग्याउने गर्छिन् । केही समयअगाडि आफ्नै साथी मीना केसीलाई समेत एचआईभी एड्स लागेको गम्भीर आरोप लगाएकी थिइन् ।
रोशनीले लेखेकी छन्, ‘मीरा केसीजी, तपाईंले खाने गरेको एचआईभीको औषधि मैले मेरो साथी शोभालाई राखिदिनू भनेको थिएँ, उसको नम्बर तपाईंसँग छ । सम्पर्क गरेर लिनुहोला । आफ्नो स्वास्थ्यको ख्याल गर्नू । गल्तीले रोग लागे पनि यसको औषधि छ, नआत्तिनु । सरसफाइमा ध्यान दिनू । हेर्दा स्वस्थ देखिनुहुन्छ । यो औषधिले गर्दा हो, नबिराई औषधि खाने गर्नु । रोग लागे पनि पहिरन र ढाँचाले तपाईंलाई स्वस्थ देखाउँछ । अलिकति पढेलेखेको भए अझ सुनमा सुगन्ध हुन्थ्यो, तपाईंबाट जो–कोही पनि धोका खान मजबुर हुन्छन् । जसको शिकार आफैँ बन्नुभयो ।’
यस्तै, महरासँगको पछिल्लो घटनासँग जोड्दै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘प्रचण्डज्यू, महरा सरलाई दुई–तीन वटा पद दिँदा हजुरको छोरीसमान मलाई कुन पद दिनुहुन्छ ? यो नबिर्सनुस् कि दुनियाँसँग लडेर मैले एक्लै महरा सरलाई निकालेको हुँ । दुनियाँलाई थाहा छ, के लुकाउनुप¥यो र ! दाङमा पत्रकार सम्मेलन हुँदा महराले गल्ती गरेकै हुन् भन्ने हजुरको आफ्नै शब्द पनि नबिर्सनुस् । महरा सरले पद पाउँदा मैले किन नपाउने ? जवाफ दिनुस्, न्याय समान हुनुपर्छ । आजसम्म तपाईंले मेरा लागि के गर्नुभयो ? यसको हिसाब पनि गर्नेछु, मैले रिस पोखेको होइन । आफ्नो अधिकार खोजेको हो । अधिकार मागेर पाइँदैन भने खोस्न पनि जानेको छु ।’
त्यही विषयमा रोशनीले घुमाउरो शैलीमा ०७६ असोज १२ गते विश्व हल्लाएकी एक महिलासँग तुलना गर्दै आफ्नो तारिफ आफैं गरेकी छन् । त्यसो त उनले, ‘एक जनालाई मारे पनि जेल, १० जनालाई मारे पनि जेल,’ पनि भनेकी छन् । आफूलाई साथ नदिनेलाई छानिछानी मार्ने धम्कीपूर्ण स्ट्याटससमेत सामाजिक सञ्जालमा लेखेकी छन् । रोशनीले दर्ता गराएको मुद्दाको आजलाई पेशी चढेको दाहालले बताइन् । * जनअास्थाबाट साभार

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
