FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडक दैनिक १० घन्टा वन्द हुने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७९ पटक पढिएको
बेनी–जोमसोम सडक दैनिक १० घन्टा वन्द हुने

बेनी–जोमसोम सडकमा शुक्रवारदेखी अनिश्चत समयसम्म दैनिक १० घन्टा यातायात वन्द गरिने भएको छ ।
सडक स्तरोनती गर्न मुस्ताङ्ग सीमावर्ती म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीर खण्डमा सडक मर्मत तथा स्तरउन्नत गर्न लागेका कालीगण्डकी करिडोर बेनी–जोमसोम सडक आयोजनाको कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले सूचना प्रकाशित गरी बेनी–जोमसोम सडकको काप्रेभीर खण्डमा विहान ७ बजेदेखी ११ बजेसम्म र दिउँसो १ बजेदेखी ५ बजेसम्म यातायात पूर्ण वन्द हुने जनाएको छ । त्यसैगरी प्रहरीले सडकको अवस्था हेरी बन्द हुने समय केहीवेर थपघट हुने जनाएको छ ।

उक्त बेनी–जोमसोम सडकको काप्रेभीर खण्डमा यातायात बन्द भएको समयमा यात्रु रुप्सेछहराबाट कालीगण्डकी नदी तरेर पुरानो पैदल मार्ग पछ्याउँदै कोप्चेपानी, पौहथाप्लाहुँदै मुस्ताङ्गको घाँसा निक्लन सक्छन । सो समयमा तल बेनीबाट गएका सवारी साधन रुप्सेछहरासम्म र माथी जोमसोमबाट झरेका सवारीसाधन तल्लो घाँसासम्म पुग्छन ।
संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा पर्ने काप्रेभीर क्षेत्र बेनी–जोमसोम सडकको सवैभन्दा कठिन, जोखिमपूर्ण खण्ड हो । कालीगण्डकी नदीले सडकको वेससहित सडक बगाएकोले काप्रेभीरमा विष्फोटक पदार्थ प्रयोगगरी सडक स्तर उन्नत गर्न लागिएको हो ।