- Loading...
होभरबाइकः जापानको बजारमा ‘उड्ने मोटरसाइकल’
- पुनहिल डट कम
- ३ साल अघि
- ३६० पटक पढिएको

विविसी न्युज/नेपाली-जापानमा एउटा ‘स्टार्टअप कम्पनी’ ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ। त्यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ।
निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ। होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड इडिशन’ बुधवारदेखि जापानी बजारमा उपलब्ध भएको हो।
इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता हुन्।
एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जनाएको छ।
आगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने निर्माता कम्पनीको लक्ष्य छ।
प्रत्येक होभरबाइकमा एउटा परम्परागत इन्जिन र ब्यटरीजडित चारवटा मोटरहरू छन्।
“अहिलेसम्म जमिनमा र आकाशमा यात्रा गर्न सिमित विकल्प मात्र थियो,” एएलआई टेक्नोलजीजका प्रमुख कार्यकारी दाइसुके कातानोले भने।
“अब हामी यात्राका लागि एउटा नयाँ विधि दिन चाहन्छौँ।”
जापानमा पाउला त अनुमति?
टोक्योमा एक करोड ३५ लाख मानिस बस्छन्। त्यहाँ भिडभाड एउटा ठूलो समस्याका रूपमा देखा परेको छ।
उच्चस्तरीय प्रविधियुक्त जापानी राजधानीलाई विश्वकै सर्वाधिक जनघनत्व भएको महानगरीय क्षेत्र मानिन्छ। तर जापानको विद्यमान कानुनले देशका व्यस्त सडकमाथिबाट उड्न अनुमति दिँदैन।
यद्यपि कातानोले अहिलेका लागि उद्धारकार्यमा खटिने टोलीहरूले दुर्गम स्थानमा पुग्न ती उड्ने बाइक प्रयोग गर्न सक्ने अपेक्षा गरेका छन्।
‘विज्ञानकथा’
कुनै बेला भविष्यमा धेरै पछि मात्र बन्न सक्ने ठानिएका वाहनहरूको अहिले नै निर्माण सम्भव भएको देखिन थालेको पिन्सेन्ट म्यासन्सका बेन गार्ड्नरले बीबीसी न्यूजलाई बताए।
होभरबाइक यूकेमा पनि प्रयोग गर्न सकिन्छ कि भनेर विचार गर्नुपर्ने उनको बुझाइ छ।
यूकेको विद्यमान कानुनअन्तर्गत होभरबाइकलाई सडकमा जान योग्य मानिँदैन। तर केही वर्षयता विकसित नयाँ प्रविधिहरूबारे विचार गर्दा परिवर्तन आवश्यक भएको सङ्केत देखिने उनको भनाइ छ।
“चालकविहीन कार, स्वचालित रोबट र ड्रोनजस्ता प्रविधिका वर्तमान परीक्षणहरूले विज्ञानकथाको संसारबाट वास्तविक संसारमा जान नयाँ प्रकारको परिवहनको एउटा खाका तयार छ भन्ने देखाउँछन्,” उनले भने।
उद्यमी तथा पुँजीपतिहरू, उड्ड्यन क्षेत्रका संस्थानहरू तथा उबरजस्तो राइडशेअर कम्पनी पनि उड्ने सवारीसाधनको उद्योगमा इच्छुक देखिएका छन्।
सन् २०४० सम्म सो उद्योगको कुल मूल्य १५ खर्ब डलरजति पुग्ने विश्लेषकहरूको अनुमान छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
