FLASH NEWS
  • Loading...

शुक्रवार दिनभर विधुत आपूर्ति वन्द हुने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०६ पटक पढिएको
शुक्रवार दिनभर विधुत आपूर्ति वन्द हुने

नेपाल विधुत प्राधिकरणले नयाँ मोदी–लेखनाथ १३२ केभि प्रसारण लाईन आयोजनाको नयाँमोदी स्वीचिङ सवस्टेसनमा लुप इन–लुप आउट गर्न शुक्रवार विहान ६ बजेदेखी साँझ ५ बजेसम्म विधुत आपूर्ति बन्द हुने जनाएको छ ।
विहिवार एक सूचना प्रकाशन गरी स्वीचिङ सवस्टेसनमा लुप इन–लुप आउट गर्दा पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ तथा उत्तरी म्याग्दी खण्ड हेर्ने तातोपानी केन्द्रबाट वितरण हुने विधुत आपूर्ति बन्द रहने उल्लेख गरेको छ ।


त्यसैगरी नेपाल विधुत प्राधिकरण म्याग्दी वितरण केन्द्रले छुट्टै सूचना प्रकाशन गरी ११ केभिए दाना र ३३ केभिए धराप फिडर अन्र्तगतका विधुत लाईन मर्मत गर्न (रुख हाँगा काट्न, ब्रुसकटिङ र जम्पर मर्मत) गर्नु पर्ने भएकोले तीन दिन म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा विधुत आपूर्ति वन्द हुने पनि उल्ले गरेको छ ।