FLASH NEWS
  • Loading...

म्याग्दीका १२ जना समेत गण्डकी प्रदेशमा ५५ जनामा कोरोना पोजेटिभ

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९७ पटक पढिएको
म्याग्दीका १२ जना समेत गण्डकी प्रदेशमा ५५ जनामा कोरोना पोजेटिभ

पछिल्लो २४ घण्टामा म्याग्दीका १२ जना समेत गण्डकी प्रदेशमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४९३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २४ जना, म्याग्दीका १२ जना, पर्वतका २  जना,  लमजुङका १ जना, बाग्लुङका २ जना, स्याङ्जाका ५ जना र नवलपुरका ९ जना गरी प्रदेशका ७ जिल्लामा गरी ३४ पुरुष तथा २१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८७ हजार १४९ पुगेको छ। पछिल्लो २४ घण्टामा २६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८५ हजार ३०१ पुगेको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३९३ पुगेको छ।