FLASH NEWS
  • Loading...

एमाले बेनी नगर अध्यक्षमा नारायण जिसी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०७ पटक पढिएको
एमाले बेनी नगर अध्यक्षमा नारायण जिसी

मंगलवारदेखी सुरु भएको नेकपा एमालेक प्रथम बेनी नगरअधिवेशनबाट अध्यक्षमा नारायण जिसी चयन भएका छन । एमाले जिल्ला हाइकमाण्डले जिसीलाइ अध्यक्ष घाेषणा गरेकाे हाे ।
बेनी नगरकमिटीको उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा शुभास विश्वकर्मा र उससचिवमा हिराबहादुर थापा र लक्ष्मण कटुवाल चयन भएको एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले बताए । अधिवेशनले ७५ सदस्यीय नगर कमिटी, ८ सल्लाहकार र ८ जना मनोनित गर्ने भएको छ ।
‘अथक प्रयासपछि एउटा कठोर निर्णय लिनै पर्ने अवस्था आएपछि सवै साथीहरुको रायसल्लाह र विविध आयामलाई विचार गरी क.नायारण जिसीलाई अध्यक्षमा चयन गरेका छौं’ एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘सुरुका सवै तीन आकांक्षी उत्तिकै जिम्मेवार र सक्क्षम हुनुहुन्थ्यो । सहमतिमा अन्तिमसम्म आफ्नो दावी राख्नु हुने चन्द्रजी पनि उत्तिकै सक्षम हुँदाहुँदै पनि अर्का सक्क्षम नेता अध्यक्ष बन्नु भएको छ ।’
बेनी नगर अध्यक्षका आकांक्षीहरु नारायण जिसी र चन्द्रकुमार केसी विच सहमति जुट्न नसकेपछि अधिवेशनको बन्द सत्रले अध्यक्ष पदमा आकांक्षिलाई मिलाउने जिम्मेवारी जिल्ला इन्चार्ज, अध्यक्ष समेतका हाईकमाण्डलाई सुम्पेको थियो ।