- Loading...
एमाले पालिका अधिवेशन ः मालिकामा बेगप्रसाद र रघुगंगामा दीपक कार्की निर्वाचित, मंगला र धवलागिरीमा सहमति प्रयास, बेनीमा स्थगित
- पुनहिल डट कम
- ३ साल अघि
- १६० पटक पढिएको
![248401757_218785640324054_5444828426924147903_n एमाले पालिका अधिवेशन ः मालिकामा बेगप्रसाद र रघुगंगामा दीपक कार्की निर्वाचित, मंगला र धवलागिरीमा सहमति प्रयास, बेनीमा स्थगित](https://www.punhill.com/wp-content/uploads/2021/10/248401757_218785640324054_5444828426924147903_n-scaled.jpg)
नेकपा एमालेकाे मंगलवार सम्पन्न पालिका स्तरिय अधिवेशनबाट मालिका गाउँपालिका कमिटी अध्यक्षमा बेग प्रसाद गर्वुजा रघुगंगा गाउँपालिका अध्यक्षमा दीपक कार्की निर्विराेध निर्बाचित भएका छन ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङ्गमा सम्पन्न प्रथम अधिवेशनबाट ६१ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी, उपसचिवमा भुपेन्द्र दर्जी र धन बहादुर बोहोरा चयन भएकाे एमाले जिल्ला सदस्य तथा मालिका गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले बताइन ।
त्यसैगरी रघुगंगामा अाजै सम्पन्न प्रथम पालिका अधिवेशनबाट दीपक कार्की अध्यक्ष, गम पुन उपाध्यक्ष, झलक शर्मा, उपाध्यक्षमा दीपा पुन, यामकुमारी गर्वुजा सहित ५८ सदस्यीय कमिटी चयन गरेकाे एमाले जिल्ला कमिटीका सचिव वालकृष्ण सुवेदीले जानकारी दिए ।
त्यसैविच अध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि बेनी नगरपालिका स्तिर अधिवेशन भाेली बुधवारसम्मकालागी स्थगित भएकाे छ ।
महिला, भुगाेल, अारक्षणामा सर्वसम्मत भएपनी मुख्य पदाधिकारी र खुल्ला सदस्यहरूमा टुङ्गाे लाग्न बाँकी रहेकाे एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले बताए ।
याे समाचार तयार पार्दासम्म धवलागिरी र मंगला गापामा सर्वसम्मत पालिका कमिटी निर्वाचित गर्ने प्रयास जारी छ । मंगला गापा कमिटीमा गापा अध्यक्ष रहेका सतप्रसाद राेका र सचिवमा चिरिन्जीवि शर्माकाे नाममा सहमती भएकाे छ । तर एमाललेले याे पुष्टी भने गरेकाे छैन । अन्य पदमा मिलाउने प्रयास भैरहेकाे जनाइएकाे छ ।
जिल्लाकाे उत्तरी भेगकाे अन्नपुर्ण गाउँपालिकामा भने अायाेजक कमिटीकै अध्यक्ष विरामी भै उपचार क्रममा रहेकाेले अर्काे मिती तय गरी पालिका अधिवेशन गरिने एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले बताए ।