- Loading...
ओली सरकारले गरेको संवैधानिक नियुक्ति खारेज गराउन प्रधानन्यायाधीश राणाकाे राजीनामा माग
- पुनहिल डट कम
- ३ साल अघि
- २०५ पटक पढिएको

राजनीतिक रुपमा चौतर्फी आक्रमणबाट आक्रान्त भएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई एमालेले राजीनामा नदिन सुझाव दिएको छ।
एमालेले राजीनामा दिने नै हो भने देउवालाई प्रधानमन्त्री बनाउन परमादेश गर्ने संवैधानिक इजलासका सबै न्यायाधीशले एकैपटक राजीनामा दिनुपर्ने अन्यथा प्रधानन्यायाधीश राणले मात्रै एक्लै राजीनामा दिन नहुने एमालेले बताएको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरु, नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीशहरु, नागरिक समाज लगायतले प्रधानन्यायाधीश राणाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरिसकेका छन्।
सत्ताधारी दलहरु प्रधानन्यायाधीशले राजीनामा दिएको खण्डमा त्यसपछि बरिष्ठताका आधारमा प्रधानन्यायाधीश बन्ने न्यायाधीश दीपककुमार कार्कीमार्फत आफ्नो पक्षमा सर्वोच्चबाट फैसला गराउने प्रयासमा छन्। दीपककुमार कार्की प्रधानन्यायाधीश भए उनीमार्फत ओली सरकारले गरेका संवैधानिक निकायका नियुक्ति खारेज गर्ने सत्ताधारी दलको प्रयास छ।
सत्ताधारी दलहरु ओली सरकारले गरेको संवैधानिक नियुक्ति खारेज गर्न चाहन्छन्। यसका लागि सर्वोच्च अदालतमा रिट पनि परेको छ। तर, राणा प्रधानन्यायाधीश हुँदा त्यो रिट अड्किएको छ। त्यो रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनुपर्छ।
संवैधानिक इजलासको अध्यक्ष प्रधानन्यायाधीश हुने व्यवस्था छ। तर, रिटमा प्रधानन्यायाधीश समेत सदस्य हुने संवैधानिक परिषदलाई नै विपक्षी बनाइएकोले प्रधानन्यायाधीशले त्यो मुद्दा हेर्न नमिल्ने भन्दै पटक पटक पेशी चढेर स्थगित हुँदै आएको छ।
प्रधानन्यायाधीश राणा हुँदासम्म त्यो रिटमाथि सुनुवाइ हुने सम्भावना न्यून छ र सुनुवाइ नभइ ओली सरकारले गरेका संवैधानिक नियुक्ति खारेज हुँदैनन्। र, प्रधानन्यायाधीशको कार्यकाल अझै १४ महिना बाँकी छ।
प्रधानन्यायाधीशले नियुक्तिको ६ वर्षपछि वा आफ्नो उमेर ६५ वर्ष पूरा भएपछि अवकाश पाउँछन्। राणाको उमेर २०७९ मंसिर २८ मा ६५ वर्ष पूरा हुँदैछ। त्यतिबेलासम्म प्रतिनिधिसभाकै कार्यकाल ५ वर्ष पूरा भइसक्छ र सम्भवतः निर्वाचन भएर अर्को सरकार गठन हुने बेला भइसक्छ।
यदि प्रधानन्यायाधीशले अहिले राजीनामा दिएनन् भने उनलाई हटाउने एकमात्र विकल्प महाअभियोग लगाउने हो। यिनै प्रधानन्यायाधीशको परमादेशले सत्तामा पुगेका दलहरुले उनीविरुद्ध महाअभियोग लगाउन सक्ने अवस्था छैन।
त्यसमाथि एमालेले नचाहेको अवस्थामा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग पारित गर्न दुई तिहाइ बहुमत जुटाउन पनि कठिन छ। प्रधानन्यायाधीशले राजीनामा नदिए र उनीविरुद्ध महाअभियोग पारित गराउन नसके सत्ताधारी दलहरुको दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने चाहना पनि पूरा हुने छैन किनकि त्यतिबेलासम्म उनले पनि अवकाश पाइसक्नेछन्।
राणाले प्रधानन्यायाधीशको कार्यकाल पूरा गरेर अवकाश लिए भने त्यतिबेला वरिष्ठताको आधारमा प्रधानन्यायाधीश बन्ने पालो हरिकृष्ण कार्कीको आउनेछ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
