स्व.राम गौचनको स्मृतिमा कात्तिक १६ गते हाेटल यतिले लोक सांस्कृतिक साँझ गर्ने

९ कार्तिक २०७८, मंगलवार ०९:४८ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

दीपावली-०७८ को शुभकामना सहित होटल बेनीको यतिले  हाेटलका संस्थापक स्व. राम गौचनको स्मृतिमा कात्तिक १६ गते  यति लोक सांस्कृतिक साँझ आयोजना गर्ने भएको छ ।

होटल यतिका संचालक बिमला गौचनले कार्तिक १६ गते बिहान ११ बजे देखि होटल यतिको प्राङगणमा सुरु हुने कार्यक्रममा खुल्ला एकल नृत्य प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रम संचालन हुने बताइन ।

‘मेरो श्रीमानले पनि गीत संगीतमा निकै रुचि राख्नु हुन्थ्यो, त्यसैले उहाँको आत्म शान्तिका लागि स्मृति दिवसको अवसर पारि लोक सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हुँ’ गौचनले भनिन्र, “स्थानीय कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटन प्रवद्र्धन, र कोरोनाका कारण थलिएका मनहरुलाई मनोरञ्जन प्रदान गराउने पनि कार्यक्रमको उद्देश्य रहको छ” ।

प्रवेश शुल्क लाग्ने कार्यत्रफममा खुल्ला लाेक नृत्य प्रतियाेगिता पनि अायाेजना गरिएकाे छ । नृत्य प्रतियोगीतामा प्रथम पुरस्कार रु दश हजार, दित्तिय पुरुस्कार रु पाँच हजार र तृतिय पुरस्कार रु तीन हजारको ब्यबस्था गरिएको कार्यक्रम संयोजक लोक गायक धु्रव जिसीले बताउनुभयो । बिगत ३९ बर्ष देखि होटल यतिले निरन्तर सेवा प्रदान गरिरहेको छ ।