FLASH NEWS
  • Loading...

मुस्ताङमा हिउँ पर्यो,जाडो पनि बढ्यो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७५ पटक पढिएको
मुस्ताङमा हिउँ पर्यो,जाडो पनि बढ्यो

हिमाल पारीको जिल्लाको रुपमा परिचित मुस्ताङमा हिउँ पर्न थालेको छ । मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको हो । मुक्तिनाथ मन्दिरभन्दा माथिको पहाडमा हिजो साँझ हिउँ परेको हो ।

मुक्तिनाथ मन्दिरभन्दा माथिल्लो भेकमा हिजो बेलुकीदेखि हिउँ परेको छ । यो वर्ष गत साता पानी पर्ने क्रममा सामान्य हिमपात भए पनि हिजो बाक्लो हिउँ परेको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बेलुकीदेखि हिउँ परेकाले चिसो केही बढेको बताए । बस्तीसम्म आएको छैन तर मुक्तिनाथ मन्दिरभन्दा माथिल्लो क्षेत्र र अन्य उच्च पहाडमा थप हिउँ परेको छ । 

सीमा प्रहरी चौकी लोमान्थाङका सई डोलराज भण्डारीले पनि कोरला नाका क्षेत्र र माथिल्ला डाँडाहरुमा बेलुकीदेखि हिउँ परेको बताउनुभयो । उहाँका अनुसार हिउँ बस्तीसम्म आएको छैन तर डाँडामा पर्दा पनि चिसो भने बढेको छ ।