- Loading...
मनसुनपछिको वर्षाले निम्त्याउन सक्छ खाद्य संकट
- पुनहिल डट कम
- ३ साल अघि
- ३५२ पटक पढिएको

लगातार परेको पानीका कारण देशका विभिन्न भागमा धानबालीमा ठूलो क्षति पुगेको छ। धान काट्ने बेलामा अचानक भएको वर्षाका कारण धान खेतमा डुबेका छन् भने काटिसकेका धान नष्ट भएका छन्।
पर्याप्त मनसुनका कारण यो वर्ष धानखेती राम्रो हुने अनुमान कृषि अनुसन्धान केन्द्रले गरेको थियो। तर, धानबाली भित्र्याउने बेलामा आएको पानीका कारण यो वर्ष अनुमान गरिएभन्दा निकै कम धान मात्रै भित्र्याउन सकिने अवस्था छ।
नेपालमा धान उत्पादनमा कमी आएको अवस्थामा आयात नै विकल्प हो। नेपालमा खपत हुने कूल धान/चामलको २५ प्रतिशत आयात हुने व्यापार निर्यात प्रवद्र्धन केन्द्रका तथ्यांक विश्लेषक कृष्णराज बजगाई बताउँछन्। अन्य सामग्री जस्तै धान/चामल आयात गर्ने प्रमुख देश भारत हो।
नेपालले आर्थिक वर्ष २०७७/७८ मा ५० अर्ब ७९ करोडको धान/चामल आयात गरेको थियो। प्रत्येक वर्ष यो आकडा बढ्दो क्रममा रहेको व्यापार निर्यात प्रवर्द्धन केन्द्रका तथ्यांक विश्लेषक बजगाई बताउँछन्।
विडम्बना, मनसुनपछिको वर्षाले नेपालमा मात्रै होइन भारतमा पनि धानबालीमा निकै क्षति पुगेको छ। पश्चिमी वायु प्रणालीका कारण भएको वर्षाका कारण नेपाल लगायत भारतमा पनि त्यसले ठूलो क्षति पुर्याएको हो।
भारतमा पनि अहिलेसम्म धानबालीमा कति क्षति भयो भन्ने तथ्यांक सार्वजनिक भइसकेको छैन। भारतमा सबैभन्दा बढी धान उत्पादन हुने सूचीको दोस्रो र नवौँ स्थानमा रहेको उत्तर प्रदेश र बिहार लगायतका राज्यमा निरन्तर परेको पानीका कारण धानबालीमा अत्याधिक क्षति पुगेको बताइएको छ।
आयात हुने धान/चालममा नेपाल भारतमा निर्भर रहेको पाइन्छ। भारतमै धान उत्पादनमा कमी आएको अवस्थामा त्यसको असर स्वतः नेपालको आयात गर्ने धान/चामलमा पर्नेछ।
२५ प्रतिशत नेपाली आयात गरेको चामल लगायतका खाद्यान्नमा निर्भर रहेको अवस्थामा यहाँको खाद्य प्रणालीलाई त्यसले निकै ठूलो समस्या पार्नसक्ने कृषि तथा खाद्य सुरक्षाविज्ञ कृष्ण पौडेल बताउँछन्। भन्छन्, “नेपालको खाद्य प्रणाली भारतमा निर्भर छ। पछिल्लोपटक परेको पानीका कारण भारतको धानबालीमा परेको असर नेपालको आगामी वर्षको खाद्य प्रणालीमा देखिनेछ।”
खाद्य गुणस्तर तथा प्रविधि विभागका एक अधिकारी भने नेपालमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक अवस्थामा रहेको स्वीकार गर्दैनन्। धान भित्र्याउने समयमा परेको पानीका कारण धान उत्पादनमा केही कमी आए पनि त्यति मात्रैले खाद्य संकट नआउने उनको दाबी छ।
“मानिसले आफ्नो चाहनाअनुसार खाद्यान्न बाहिरी देशबाट मगाएको विषयलाई खाद्य सुरक्षासँग जोड्न मिल्दैन,” उनको तर्क छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
