- Loading...
ओली सरकारले शिलन्यास गरेका गाउँपालिका स्तरिय आधारभुत अस्पताल निर्माण प्रकृया सुरु
- पुनहिल डट कम
- ३ साल अघि
- ३८५ पटक पढिएको

अघिल्लो ओली सरकारले एक साथ शिलन्यास गरेका हरेक गाउँपालिकामा १० शैयाको आधारभुत अस्पताल निर्माण प्रकृयामा गएका छन ।
जिल्लाको दुर्गम धवलागिरी, मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकामा ठेक्का प्रकृया पुरा भै निर्माण सुरु भएका छन ।
रघुगंगा गाउँपालिकामा अस्पताल बनाउन गाउँकार्यपालिकाले तोकेको स्थानलाई गाउँसभाले परिवर्तन गरेपछि स्वीकृतिकालागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फाईल पठाईएकोमा अझै निर्णय आएको छैन ।
धवलागिरीको ताकम स्वास्थ्यचौकी, मंगलाले अर्मन स्वास्थ्यचौकी, मालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर वृद्धी गरी १० बेडको आधारभुत अस्पताल बनाउन लागिएको हो । अन्नपूर्ण गाउपालिकाले बहुजनसंख्या र भौगोलिक रुपमा अपाएक पर्ने दोवा स्वास्थ्य चौकी स्तरवृद्धी गरी ५ बेड क्षमताको अस्पताल निर्माण थालेको छ ।
रघुगंगगा गाउँकार्यपालिकाले गाउँपालिका केन्द्र रहेको पिप्ले स्वास्थ्यचौकी स्तरबृद्धी गरी १० बेड अस्पताल बनाउने निर्णय गरेको र सोही अनुसार बजेट प्राप्त भएकोमा गाउँसभाले स्थान परिवर्तन गरी बेग स्वास्थ्य चौकीमा अस्पताल बनाउने निर्णय गरेको थियो । सो निर्णय मन्त्रालयले स्वीकृत गर्न ढिलाई गरेको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
