FLASH NEWS
  • Loading...

वेमौषमी पानीले कोदो र सिमी खेतीमा पनि क्षति

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५१ पटक पढिएको
वेमौषमी पानीले कोदो र सिमी खेतीमा पनि क्षति

आईतवारदेखी वुधवारसम्म परेको अविरल वेमौषमी वर्षाले पाक्नै लागेको धानवालीमा मात्र होईन कोदो, गहुँ र सिमी वालीमा पनि ठूलो क्षति पुऱ्याएको छ ।
पानीले २० हेक्टरबढी काटेर गहमा ढलाएको धान पानीमा डुवेको छ । तीन हजारबढी हेक्टर क्षेत्रफलमा लगाएको धान पुरै ठलेको छ । ढिला पाक्ने जातका धानको गेडा छिप्पिनेबेला पानीमा गाडिएकोले क्षति पुगेको हो । धानको डाँठ हरियो हुँदै ढलेको र दाना परिपक्क नहुँदै सोत्तर भै ढलेपछि उत्पादनमा हस आउने कृषी प्राविधिकले बताएका छन ।
धानवालीमा मात्र होईन, वेमौषमी हावाहुरी सहितको बर्षाले जिल्लाको उपल्लो भेगमा लगाईएको कोदो, फापर, गहुँ र सिमीखेती पनि ढलाएर सोत्तर बनाएको छ । पाक्न नपाउँदै कोदो र गहुँ ढलेकोले उत्पादन घट्ने हुन्छ । त्यसैगरी लटरम्म फलेका थाँक्रासहित सिमी माटोमा ढलेकोले दाना नलाग्ने र कुहिने समस्या हुन्छ ।


कृषी ज्ञान केन्द्र बेनीकी वाली संरक्षण अधिकृत निर्मला केसीका अनुसार १ हजार ३८ हेक्टर क्षेत्रफलमा लगाएको सिमी, २ हजार ७ सय ५० हेक्टर क्षेत्रफलको कोदो र करिव ८ सय हेक्टरबढी क्षेत्रफलमा लगाएको गहुँ, फापर समेतका अन्यवालीमा वेमौषमी वर्षाले क्षति पुऱ्याएको छ ।
वेंसीका वस्तीमा धान खेति गरिने भएपनि जिल्लाको अधिकांश भु–भाग १ हजार ५ सय मिटरभन्दाबढी पर्ने भएकोले त्यहाँका मुख्यवाली कोदो, गहुँ र सिमी खेती हो । जिल्लाको उपल्लो भेगका राम्चे, हिस्तान, दोवा, रुम, मुदी, गुर्जा समेतका हिमालमुनीका क्षेत्र दालका लागी गरिने सिमीको राम्रो उत्पादन हुने गरेको छ ।
त्यसैगरी वेमौषी वर्षाले जिल्लामा वीउकालागी गरिने धानवाली र सिमीवाली ढलेपछि गुणस्तरिय वीउ उतपादनमा हस आउने भएको छ ।
‘मुख्यवाली धान ढलेको मात्र देखिएपनि माथिल्लो क्षेत्रको मुख्य वाली कोदो, फापर, गहुँ र ब्यवसायीक उत्पादन गरिने सिमीखेतीमा ठूलो क्षति पुगेको छ’ कृषी ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले भने, ‘हिलोमा ढलेको धान र माटोमा गाडिएका सिमीबााट गुणस्तरिय वीउ उत्पादन नहुन सक्छ ।’