FLASH NEWS
  • Loading...

एमालेको महाधिवेशन चितवनमा हुने, रामबहादुर थापाको नेतृत्वमा समिति गठन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५४ पटक पढिएको
एमालेको महाधिवेशन चितवनमा हुने, रामबहादुर थापाको नेतृत्वमा समिति गठन

नेकपा (एमाले)ले १० औँ महाधिवेशन चितवनमा गर्ने भएको छ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले एमालेको महाधिवेशन चितवन गर्ने निर्णय गरेको हो। यस्तै बैठकले नेता रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरेको छ। 

महाधिवेशन मंसिर १०–१२ गतेसम्म हुने तय भइसकेको छ। यसअघि असोज दोस्रो साता भएको विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशन बुटवलमा हुने बताएका थिए।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेललगायत छन्। समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक–एक जना प्रतिनिधि रहने ज्ञवालीले बताए।