FLASH NEWS
  • Loading...

आमा वेपत्ता भएपछि १० महिने वालक अलपत्र

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४३ पटक पढिएको
आमा वेपत्ता भएपछि १० महिने वालक अलपत्र

गंगा पुन, दाना/
यहाँकी एक २२ बर्षिया महिला तीन दिनदेखी वेपत्ताहुँदा उनका १० महिने छोरा अलपत्र परेका छन ।
धवलागिरी गाउँपालिका, ७ सिवाङ घर भै अन्नपूर्ण गाउँपालिका, ३ दाना डाँडागाउँ माईतीमा दशैं टिका लगाउन आएकी रोजी विक कात्तिक २ गते साँझ ५ बजेदेखी वेपत्ता छिन । उनका श्रीमान पविन्द्र सिर्पालीका अनुसार १० महिने काखे छोराकालागी प्याम्पस किन्न जान्छु भन्दै घरबाट निक्लेकी रोजी फर्केकी छैनन ।
‘दशैंको टिकालगाउन असोज ३० गते माईती आएका हौं । माईतीमै थियौं । २ गते साँझ म, सासुससुरा घरमै थियौं । उनी बच्चाको प्याम्पस किनेर आउँछु भनी निक्लेकी हुन । साँझ अवेरसम्म नआएपछि सोधीखोजी भैरहेको छ । केही पत्तो लागेको छैन’ रोजीका श्रीमान पविन्द्रले भने, ‘मोवाईल पनि घरमै छोडेकी छिन । आफन्त र संभावित सवै क्षेत्र खोजी भएको छ । स्थानीय इलाका प्रहरी कार्यालयमा पनि जानकारी गराएका छौं ।’
आमा वेपत्ता भएपछि १० महिने वच्चालाई दुध खुवाउने, सुताउने समस्या भएको छ । नजिकै अर्को दुध खुवाउने कोही नभएकोले भैसीको दुधलाई दुधदानीमा राखेर खुवाईएको भएपनि बच्चाले राम्रोसंग दुध नखाएको परिवारले जनाएका छन ।