FLASH NEWS
  • Loading...

आज बिहीबार कहाँ-कहाँ पर्छ पानी ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८९ पटक पढिएको
आज बिहीबार कहाँ-कहाँ पर्छ पानी ?

पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ । न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लाे बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ ।

बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अब हिजोअस्ती जस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । बिहीबार बिहान काठमाडौं उपत्यकामा घाम लागेको छ ।

दिउँसो भने केही क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशकासँगै प्रदेश १, बागमतीका केही स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति गण्डकी प्रदेश र  प्रदेश १  का थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।

शुक्रबार गण्डकी प्रदेश, प्रदेश १, २ र बागमती  प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ।

गण्डकी, प्रदेश १ र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।