FLASH NEWS
  • Loading...

मोना अध्यक्षमा अमर छन्त्याल निर्वाचित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४०४ पटक पढिएको
मोना अध्यक्षमा अमर छन्त्याल निर्वाचित

बेनीमा विहिवार सम्पन्न म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको चौंथो महाधिवेशनबाट दुर्गम गुर्जा पुख्यौली थलो भै हाल अमेरिकाका बसोबास रहेका अमर छन्त्याल निर्वाचित भएका छन ।
मोनाको नयाँ नेतृत्वकालागी उम्मेदवारी दर्ता गराएका दावेदारहरु मीम पुर्जा (न्युजिल्याण्ड), विक्रम कार्की (कतार)ले उम्मेदवारी फिर्ता गरेपछि छन्त्याल निर्विरोध भएका हुन । पुर्जा र कार्कीलाई उम्मेदवारी फिर्ता गराउन चर्को दवावसहित अधिवेशन एक दिन पछि धकेलिएको थियो ।
मोनाको बरिष्ठ उपाध्यक्षमा दधिवल खड्का (जापान) निर्विरोध चयन भएको छन । त्यसैगरी उपाध्यक्षत्रयमा सूर्य भट्टचन (पोर्चुगल), जंगबहादुर पुन (युके) र नन्द गर्वुजा (युएई) सर्वसम्मत चयन भएका छन । महिला उपाध्यक्षमा पूर्णिमा पाईजा (हङकङ) चयन भएकी छिन ।
त्यसैगरी महासचिवमा हरी राम्जाली (अष्ट्रेलिया), सचिवमा सुनेस केसी (दक्षिण कोरिया), विष्णु बरुवाल (आउदी अरव), प्रवक्तामा हिक्मत श्रेष्ठ (अष्ट्रेलिया), कोषाध्यक्ष महेन्द्र खड्का (जापान),सहकोषाध्यक्षमा भक्त रोका (युके) चयन भएका छन ।
त्यस्तै महिला संयोजकमा अनुसा थापा (स्पेन), मध्यपूर्व क्षेत्रिय संयोजक तिलक पुन (साउदी अरव), अमेरिका अमर भण्डारी, एशियाबाट दीपक कार्की, अष्ट्रेलिया र युरोपबाट क्षेत्रिय संयोजक रिक्त रहेको छ । विष्णु बानियाँ (जापान), दीपक छन्त्याल मध्यपूर्व उपसंयोजक, भीम रेग्मी अमेरिका र प्रेम पुन (जापान) निर्वाचित भएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल