- Loading...
मकै उत्पादनमा म्याग्दी आत्मनिर्भर
- पुनहिल डट कम
- ३ साल अघि
- २६५ पटक पढिएको

जिल्लाको लेकदेखी वेंशीसम्मका अधिकांश खेतियोग्य जमिनमा मकैको खेती हुन्छ । र यो सिजनमा म्याग्दीका कृषकलाई परम्परागत शैलीमा मकै भण्डारणको चटारो छ ।
कृषी विकास कार्यालयका अनुसार जिल्ला मकै उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लाबाट दैनिक उपभोग गर्नेबाहेक विउकोलागी पनि मकै निर्यात हुने गरेको छ ।
कृषी ज्ञान केन्द्रको अभिलेख अनुसार जिल्लाको ११ हजार हेक्टर क्षेत्रफलबाट बार्षिक ३७ हजार ८ सय १७ मेट्रिकटन मकै उत्पादन हुन्छ । जिल्लाबाट करिव २५ मे.टन मकैको विउ पर्वत, पोखरा, चितवन, लम्जुङ्ग, गोर्खा, डोल्पा, जुम्लामा निर्यात हुन्छ ।
‘म्याग्दी मकै खेतीमा आत्मनिर्भर छ । खानाबाहेक विउ मकै उत्पादनगरी बाहिर जिल्ला निर्यात गर्ने गरेको छ । खाजा मकैपनि यहाँ राम्रो उत्पादन छ’ कार्यालयको कृषी प्रसार अधिकृत गोविन्द पोख्रेलले भने, ‘मकै खेतीमा सिंचाई, समयमै फौजीकिरा नियन्त्र, असल मुल विउ र आवश्यक मलको प्रवन्ध गर्न सके जिल्लाका कृषकले मकैबाट राम्रो आम्दानी लिन सक्छन ।’
गाउँघरमा ‘केटाकेटी मकै’ भनिने जुनेली मकै ‘पपकन’ शहरमा माग बढेपछि नगदे वालीको रुपमा खेती गर्न थालिएको छ । जिल्लामा नगदे वालीको रुपमा पपकन सेतो र पपकन पहेंलो गरी दुई जातका मकैको एक सय ५० हेक्टरबढी क्षेत्रफलमा खेती हुन्छ । कृषी कार्यालयका अनुसार जिल्लाबाट पपकनको १० टन बाहिर निकासी हुने गरेको छ । जिल्लाको सतप्रतिशत मकै खेती आकाशे पानीको भरमा निर्भर छ ।
जिल्लाको १६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना १, ३, देउती, सितला, र उपल्लो क्षेत्रमा अरुण–१,२, हिलपुल सेतो र स्थानिय जातका मकै खेती गरिन्छ । पोषिलो मकै घतान, पुलाचौर, सिङ्गा, पात्लेखेत, झिं, भगवती, घार, बाबियाचौर क्षेत्रमा बढी खेती गरिन्छ ।
त्यसैगरी उत्पादन राम्रो भएपनि राष्ट्रिय मकै वाली अनुसन्धान केन्द्र रामपुरले ‘गरिवकोलागी’ भनी शिफारिस गरेको पोसिलो–१ मकै कृषकले रुचाएनन । ‘पोसिलो–१’ जातको मकैमा ९ प्रतिशत प्रोटिन रहेको छ । पोषिलो मकै स्वादमा मात्र होईन उत्पादन क्षमतासमेत राम्रो थियो । तर मकैको घोगामा भुत्ला छोटो भएकोले पानी पस्ने र गुलियोपनले छिटो किरा लाग्ने समस्या आएपछि कृषकको बारीबाट चार बर्षमै पोसिलो मकै विस्थापित भएको छ ।
*रघुगंगा गापा, ५ झिं गाउँमा मकैकाे परम्परागत भण्डारण गिरदै गरेकाे फाइल तस्वीर ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
