FLASH NEWS
  • Loading...

एनआरएनए अध्यक्षकी प्रत्यासी रविना थापा भन्छिन, प्रवासीलाई मताधिकार र श्रमिकलाई पेन्सन मुख्य एजेण्डा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३७५ पटक पढिएको
एनआरएनए अध्यक्षकी प्रत्यासी रविना थापा भन्छिन, प्रवासीलाई मताधिकार र श्रमिकलाई पेन्सन मुख्य एजेण्डा

गैह् आवसीय नेपाली संघ (एनआरएनए)को अन्र्तराष्ट्रिय कार्यकारी समितिमा सन् २०२१–२३ कार्यकालकालगी अध्यक्ष पदकी प्रत्यासी रविना थापाले प्रवासी नेपालीका सन्तानलाई भाषा तथा संस्कृति हस्तान्त्रण, विश्वभर रहेका हरियो पासपोर्ट बाहक प्रवासीलाई मताधिकार र विश्व श्रमबजारमा रहेका श्रमिकको जीवन वीमा, श्वास्थ्य विमा र पेन्सन आफ्नो मुख्य एजेण्डा भएको बताईन ।
‘एनआरएनएमा आवद्ध सवै सदस्यहरु नेपालमा बाल्यकाल विताएकाहरु छौं, त्यसैले नेपाली भाषा र संस्कृतिमा हाम्रो अट्याचमेन्ट छ । हाम्रा सन्तती/दोस्रो पुस्तामा नेपाली माटो, भाषा र संस्कृति ग्याप भैसकेको छ । हो म एनआरएनए मार्फत यो ग्याप मेट्न चाहन्छु’ एनआएनएको बर्तमान महिला उपाध्यक्ष रहेकी थापाले भनिन, ‘विश्वभर छरिएका हरियो पासपोर्ट बाहक नेपालीलाई नेपालमा मताधिकार सुरक्षित गर्ने मेरो दोस्रो एजेण्डा हो ।’
अध्यक्ष प्रत्यासी रविनाले थपिन, ‘विश्व श्रमबजारमा ‘इमानदारिता’ नेपालीको ब्राण्ड हो । यो ब्राण्डको जोगाउन पनि विश्व वजारका सवै नेपाली श्रमिकले त्यहाँ सामाजिक सुरक्षा कर तिरेकै हुन्छन तर न्युनतम १० बर्ष कार्यरत भएपछि निवृत्तिभरणको अधिकारबाट बन्चित छन । नेपाली श्रमिकलाई पेन्सनको अधिकार दिलाउने तेस्रो ऐजेण्डा अध्यक्षमा दावी गर्ने मुख्य आधार हो ।’
एसपटक अमेरिकाले एनआरएनएको अध्यक्षमा पहिलो दावी गरेको छ, त्यो पनि महिलाबाट । यस अघि जमुना गुरुङ्गको प्रयास सफल हुन नदिईएको भएपनि यसपाला एनआरएनएको नेतृत्व महिलाको हातमा हुने छ । यो महिला अध्यक्ष निर्वाचित गरी सम्पूर्ण प्रवासीले गौरवको झण्डा पनि उठाउने अवसर भएको थापाले दावी गरिन ।


म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका, ६ मराङमा जन्मेर, नावलक उमेरमै दरवाङ झरेकी रविनाले उज्जल भविष्यको खोजीमा १२ बर्षको उमेरमा दरवाङबाट बेनीहुँदै हिंडेर पोखराबाट काठमाण्डौ छिरेकी हुन । सन् १९९२ मा विजनेस भीसामा जापान छिरेकी रविनाले जापानमा सेकेण्ड हेण्ड गाडी नेपाल ल्याई ब्यापार गर्थिन । सन् २००२ मा जापानको ब्यवसाय छोडेर अमेरिका हानिएकी थापा अमेरिकाको बाल्टीमोरमा रेष्टुरेन्ट समेत विभिन्न नेपाली सामाग्री अमेरिका पुऱ्याई ब्यापार गरेकी हुन । अमेरिकाको रियलस्टेमा पनि थापाको लगानी रहेको बताईएको छ ।
नेपाली काँग्रेसको अमेरिका स्थित जनसम्पर्क समितिको संस्थापक मध्य एक रविना थापाको काँग्रेसका हस्तीहरुसंग घनिष्ट सम्बन्ध छ । तथापी थापाले काँग्रेसको आर्शिवादले नभै मतदाताको मायाँले एनआरएनएको अध्यक्ष पदमा प्रत्यासी बनेको दावी गरिन । उनले एनआरएनएमा बढ्दै गएको किचलो अत्यकालागी पनि महिला नेतृत्व आवश्यक परेको बताईन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल