- Loading...
‘अव प्रवासमा आर्जेको सीप र लगानी जिल्लामा भित्राउनुस’ –सांसद थापा
- पुनहिल डट कम
- ३ साल अघि
- २५२ पटक पढिएको

म्याग्दीबाट प्रतिनिधी सभामा विजयी साँसद भुपेन्द्रबहादुर थापाले प्रवासमा रहेका जिल्लाबासीलाई त्यहाँ सिकेको सीप र पुँजी जिल्लाको कृषी, पर्यटन, जलविधुत लगाएतका रोजगार सृजना गर्ने र आयमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय कार्यकारी समितिको चौंथो अन्र्तराष्ट्रिय महाधिवेशनको मंगलवार बेनीमा सम्बोधन गर्दै प्रमुख अतिथी सांसद थापाले प्रवासी म्याग्देलीहरुले जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, विपन्नहरुको आवास निर्माण लगाएत धेरै मानवीय सेवाको क्षेत्रमा सहयोग पुऱ्याएकोमा जिल्लाबासीको तर्फबाट प्रशंसा गर्दै अव रोजगारी र आयआर्जनका क्षेत्रमा लगानी भित्राउन आग्रह गरे ।
‘जिल्लामा परेको बाढीपहिरो, कोभिड जस्तो स्वास्थ्य संकट, महिला, जेष्ठनागरिकको स्वास्थ्य उपचार, दुर्गमका गाउँमा विधुतिय शिक्षा, विद्यालय भवन, खानेपानी, सडक, खेलकुद समेत थुप्रै मानवीय क्षेत्रमा पुऱ्याएको योगदानको सम्मान गर्दछु’ सांसद थापाले भने, ‘प्रवासी म्याग्देलीहरुले अव मानवीय सेवासँगै आयमुलक ठूला ब्यवसायमा पनि लगानी भित्राउनुस । जिल्लाले अव तपाईहरुको सीप र पुँजी पर्खेर बसेको छ । हामी वातावरण मिलाउँछौं ।’
जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन गरिएकोमा महाधिवेसनको भोली कात्तिक ३ गते म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा बन्द सत्र हुने मोना आइसिसिले जनाएको छ । कोभिड–१९ को कारण महाधिवेशनमा भर्चुअल र भौतिक दुवै माध्यमबाट विश्वका विभिन्न २० देशमा रहेका राष्ट्रिय समितिबाट २ सय ६१ जना प्रतिनिधी सहभागी छन ।
संसारभर छरिएका जिल्लावासीलाई संगठित गरी जन्मथालोमा शिक्षा, श्वास्थ्य, सडक, खानेपानी र प्राकृतिक विपतमा मानवीय सहयोग गर्ने र जलविधुत, कृषी, पर्यटन क्षेत्रमा लगानी भित्राउने मोनाको उद्देश्य हो ।
महाधिवेसन सुरु हुनु अघि मोनाका विभिन्न देशमा रहेका राष्ट्रिय समितिको झण्डासहित जातिय समुहको साँस्कृतिक झाँकी प्रर्दशन गरिएको थियो ।
त्यसैविच, मोनाको नयाँ नेतृत्वकालागी बरिष्ठ उपाध्यक्ष मीम पुर्जा (न्युजिल्याण्ड), उपाध्यक्ष अमर छन्त्याल (अमेरिका) र महाँसचिव विक्रम कार्की (कतार)ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मत गराउने प्रयास थालिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
