FLASH NEWS
  • Loading...

मोना अन्र्तराष्ट्रिय महाधिवेशन बेनीमा सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११४ पटक पढिएको
मोना अन्र्तराष्ट्रिय महाधिवेशन बेनीमा सुरु

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय कार्यकारी समितिको चौंथो अन्र्तराष्ट्रिय महाधिवेशन बेनीमा सुरु भएको छ ।
पेशा, ब्यवसाय तथा रोजगारीकालागी विश्वका विभिन्न देशमा छरिएका म्याग्दीबासीको साझा संस्था मोनाको चौंथो महाधिवेनको मंगलवार प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे ।


कोभिड–१९ को कारण महाधिवेशनमा भर्चुअल र भौतिक दुवै माध्यमबाट विश्वका विभिन्न २० देशमा रहेका राष्ट्रिय समितिबाट २ सय ६१ जना प्रतिनिधी सहभागी छन ।


संसारभर छरिएका जिल्लावासीलाई संगठित गरी जन्मथालोमा शिक्षा, श्वास्थ्य, सडक, खानेपानी र प्राकृतिक विपतमा मानवीय सहयोग गर्ने र जलविधुत, कृषी, पर्यटन क्षेत्रमा लगानी भित्राउने मोनाको उद्देश्य हो । 
महाधिवेसन सुरु हुनु अघि मोनाका विभिन्न देशमा रहेका राष्ट्रिय समितिको झण्डासहित जातिय समुहको साँस्कृतिक झाँकी प्रर्दशन गरिएको थियो ।


त्यसैविच, मोनाको नयाँ नेतृत्वकालागी बरिष्ठ उपाध्यक्ष मीम पुर्जा (न्युजिल्याण्ड), उपाध्यक्ष अमर छन्त्याल (अमेरिका) र महाँसचिव विक्रम कार्की (कतार)ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मत गराउने प्रयास थालिएको छ ।
‘अध्यक्षमा सर्वसम्मत गराउन अग्रजहरु, अध्यक्षका हामी सवै दावेदारविच विभिन्न चरणमा छलफल भैरहेको छ । निर्वाचन कार्यतालिका हेरफेर गरेरै पनि मोना नेतृत्व सर्वसम्मत गराउने प्रयास रहन्छ’ अध्यक्ष पदका दावेदार विक्रम कार्कीले भने, ‘सवैले जित्ने गरी सहमति खोज्छौं । देश विदेशमा रहेका सवै मोना सदस्यलाई विभाजन गराउँदैनौं ।’