Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

‘स्वस्थ २०२२ विश्वकप फुटवल’को घोषणा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३७७ पटक पढिएको
‘स्वस्थ २०२२ विश्वकप फुटवल’को घोषणा

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवललाई जनस्वास्थ्यका दृष्टिले स्वस्थ खेल समारोह बनाउने घोषणा गरिएको छ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले संयुक्त रुपमा सो घोषणा गरेका हुन् ।

डव्लुएचओ र फिफाले संयुक्त रुपमा अघि सारेको यो परियोजनाको नाम ‘स्वस्थ २०२२ विश्वकप: खेल र स्वास्थ्यको विरासत सिजर्ना गर्दै’ भन्ने दिइएको छ ।

सोमबार जेनेभामा आयोजित घोषणा सभामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अदानोम गेब्रेयसस, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष जिआनि इन्फान्टिनो, कतारका जनस्वास्थ्य मन्त्री डा हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल(थवाडी, विश्व स्वास्थ्य संगठन मध्यपूर्वी क्षेत्रका संयोजक डा. अहमद बिन सलेम अल(मन्धारी लगायतको उपस्थिति थियो ।

कतार सरकार तथा विश्वकप फुटबल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा) सँगको सहकार्यमा सबै क्रियाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उपयुक्त बनाउने काम गर्नेछन्। प्रतियोगितामा स्वस्थ जीवनयापनका विषयवस्तुबारे विज्ञापन मार्फत बुझाउने काम पनि गरिनेछ ।

यसबाहेक विश्वकप फुटबल आयोजना हुने समय, आगामी वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्मको अवधिभर स्वास्थ्य सुरक्षा र शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइनेछ ।

घोषणा सभामा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक गेब्रेयससले कतार सरकारले विश्वकपको समयमा जनस्वास्थ्यको विषयलाई प्राथमिकता दिँदै चालेको कदमका लागि कतार सरकारलाई धन्यवाद दिँदै विश्व स्वास्थ्य संगठन कतार सरकारसँग जनस्वास्थ्यको विषयमा सहकार्य गर्न प्रतिबद्ध रहेको र विश्वकप फुटबलसँगै जनस्वास्थ्यका विषयमा बुझाउन पनि यी कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे ।

कतारका जनस्वास्थ्य मन्त्री डा. कुवारीले मध्यपूर्वमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने पहिलो देश हुन पाएकोमा खुशी व्यक्त गरे ।

कतारको चाहना अन्तर्राष्ट्रिय तथा लोकप्रिय खेल प्रतियोगिता आयोजना गर्ने मात्र नभएर उच्चस्तरीय खेलकुद प्रतियोगितालाई स्थापित गराउनु पनि रहेको उनको भनाइ थियो ।

विश्वकपसँगै जनस्वास्थ्यको विषय पनि जोडिएर आउने भएकोले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्दै अघि बढ्न चाहेको र आगामी दिनमा फिफा तथा अन्य अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा यस्तै ठूला खेलकुदका कार्यक्रम आयोजना गर्दै जाने उनले बताए ।

कतारले सन् २०२२ को नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म विश्वकप फुटबल आयोजना गर्दै छ । यस्तै सन् २०३० मा कतारले एसियाली खेलकुद पनि आयोजना गर्दै छ । *नेपाली हेल्थबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल